काठमाडौँ । काठमाडौँबाट प्रहरीले ९५ लाख रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकमसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ महानगरपालिका-९ पिंगलास्थान सडकबाट दुइटा मोटरसाइकलमा सवार चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका-३ फेदीका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीका ४३ वर्षीय गणेश राई, लमजुङका ३१ वर्षीय सन्तोष गुरुङ र ३९ वर्षीय सन्तोष घिमिरे छन्।
उनीहरूको गतिविधि शंकास्पद भएपछि प्रहरीले झोला हेरेको थियो। त्यसभित्र ९५ लाख १७ हजार ५ सय रुपैयाँ फेला परेको हो।
प्रहरीले उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।