अध्यागमन अधिकृतसँग विवाद गर्ने तीन जना प्रहरीको सरुवा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अध्यागमन अधिकृतसँग विवाद गर्ने तीन जना प्रहरीको सरुवा


२६ माघ २०८०, शुक्रबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतसँग विवादमा संलग्न ३ जना प्रहरीको काज सरुवा भएको छ । उनीहरूलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयबाट रानीपोखरीस्थित उत्पयका प्रहरी कार्यालयमा काजमा सरुवा गरिएको हो ।

सरुवा हुनेमा प्रहरी सहायक निरीक्षक सञ्जय तामाङ, प्रहरी जवान रविरञ्जन गुप्ता र अर्का एक जना जवान छन् । माघ १२ मा चेकजाँच गर्ने प्रहरी जवान रविरञ्जन र विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानबिच विवाद भएका थियो ।

गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको विवाद छानबिन समितिले विवादमा संलग्न प्रहरी सहायक निरीक्षक सञ्जय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको छ । प्रहरी जवान रवि रञ्जन गुप्तालाई विभागीय कारबाही र डिएसपी रेवती रमण पोखरेललाई सचेत गराउन समितिले सिफारिस गरेको छ । समितिले अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई पनि जिम्मेवारीबाट हटाएर विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

सम्बन्धित समाचार : विमानस्थल कुटपिट प्रकरण : असईलाई निलम्बन, अधिकृतलाई विभागीय कारवाही सिफारिस 

सम्बन्धित समाचार : विमानस्थलमा अध्यागमन प्रमुखमाथि हातपात

सम्बन्धित समाचार : विमानस्थल कुटपिट प्रकरणबारे छानबिन गर्न समिति गठन

सम्बन्धित समाचार : अध्यागमन प्रमुखलगायतका कर्मचारी कुटपिट गर्नेलाई कारबाही नभए सेवा बन्द गर्ने चेतावनी

सम्बन्धित समाचार : अध्यागमन प्रमुख लगायतका कर्मचारीमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न कर्मचारी युनियनको माग

सम्बन्धित समाचार : कर्मचारी कुट्ने प्रहरीलाई कारबाही नभए देशभर सेवा ठप्प पार्ने ट्रेड युनियनहरूको चेतावनी 

सम्बन्धित समाचार : विमानस्थलमा अध्यागमन प्रमुखमाथि हातपात

सम्बन्धित समाचार : फलोअप : सिसिटिभी फुटेज हेर्न गएका अध्यागमन प्रमुखलाई नै ढोका थुनेर कुटे प्रहरीले

सम्बन्धित समाचार : ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ? 

Tags :
प्रतिक्रिया दिनुहोस