अध्यागमन प्रमुखलगायतका कर्मचारी कुटपिट गर्नेलाई कारबाही नभए सेवा बन्द गर्ने चेतावनी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अध्यागमन प्रमुखलगायतका कर्मचारी कुटपिट गर्नेलाई कारबाही नभए सेवा बन्द गर्ने चेतावनी


१२ माघ २०८०, शुक्रबार


काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख र कर्मचारीमाथि भएको कुटपिटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सङ्गठनले शुक्रवार विज्ञप्ति निकालेर कार्यालयका प्रमुख अध्यागमन अधिकृत गोगन बहादुर हमाल र अध्यागमन अधिकृत छायालाल मोक्तान लगायतका कर्मचारीहरूमाथि कार्यालय समयमा अध्यागमनको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरूबाट भएको कुटपिट, हातपात र दुर्व्यवहार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘कार्यस्थलमा सेवा प्रवाह गरिरहेका राष्ट्रसेवक कर्मचारीहरूमाथि जनताको सुरक्षाका लागि खटिएको प्रहरीबाटै भएको अमानवीय र कानुन विपरीत हुने यस प्रकारका दुखद घटना प्रति सङ्गठन घोर निन्दा र भर्त्सना गर्दछ’, सङ्गठनका महासचिव जीवन काफ्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस निन्दनीय घटनामा संलग्न प्रहरी कर्मचारीहरूलाई तुरुन्त पक्राउ गरी हदैसम्मको कडा कारबाही गर्न र कर्मचारीले सेवा प्रवाह गर्ने कार्यस्थलको सुरक्षाको प्रत्याभूति गर्न समेत जोडदार माग गर्दछ ।’ घटनामा संलग्न व्यक्तिहरूलाई तुरुन्त कारबाही नभएमा कार्यालयको सेवा बन्द गर्ने लगायत आवश्यक आन्दोलनका कार्यक्रम घोषणा गर्न सङ्गठन बाध्य हुने चेतावनी दिइएको छ ।

विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत हमाल र अध्यागमन अधिकृत मोक्तान लगायतका कर्मचारीहरूमाथि कार्यालय समयमा अध्यागमनको सुरक्षाको लागि खटिएका प्रहरीबाट कुटपिट र हातपात भएको थियो ।

सम्बन्धित समाचार : विमानस्थलमा अध्यागमन प्रमुखमाथि हातपात

सम्बन्धित समाचार : फलोअप : सिसिटिभी फुटेज हेर्न गएका अध्यागमन प्रमुखलाई नै ढोका थुनेर कुटे प्रहरीले

सम्बन्धित समाचार : अध्यागमन र प्रहरीबिच फेरि बल्झियो विवाद : हातपातमै उत्रियो प्रहरी, घटनाबारे बुझ्दै मन्त्रालय

सम्बन्धित समाचार : विमानस्थल कुटपिट प्रकरणबारे छानबिन गर्न समिति गठन

सम्बन्धित समाचार : ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ? 

Tags :
प्रतिक्रिया दिनुहोस