Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

फलोअप : सिसिटिभी फुटेज हेर्न गएका अध्यागमन प्रमुखलाई नै ढोका थुनेर कुटे प्रहरीले


१२ माघ २०८०, शुक्रबार


काठमाडौँ । अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि भएको कुटपिटको विषयमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले गृह मन्त्रालय र अध्यागमन विभागलाई जानकारी गराएको छ । अध्यागमन कार्यालयले अध्यागमन विभागका महानिर्देशकलाई पत्र लेख्दै घटनाबारे जानकारी गराएको हो । उक्त पत्र गृह सचिवलाई बोधार्थ गरिएको छ । 

अध्यागमनमा कार्यरत कर्मचारीमाथि शुक्रवार बिहान करिब १२ बजेको समयमा प्रस्थान कक्ष तर्फको ड्युटी सकाई एयरपोर्टको डी क्षेत्रको बाटो हुँदै आगमन कक्षतर्फ जाँदै गर्दा चेकजाँच गर्ने स्थानमा खटिएका प्रहरी जवान रविरञ्जन गुप्ताले अश्लील शब्दहरू प्रयोग गरेको र असई सञ्जय तामाङ लगायतका करिब ४-५ जना प्रहरी कर्मचारीहरूले लछारपछार गरी निर्घात कुटपिट गरेको कार्यालयले जनाएको छ । कुटपिटका कारण उनको शरीरमा चोटपटक/नीलडाम समेत लागेको छ । 

सम्बन्धित समाचार : विमानस्थलमा अध्यागमन प्रमुखमाथि हातपात

कार्यालय प्रमुख गोगन बहादुर हमाल र प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेल समेतको उपस्थितिमा सिसिटिभी हेर्ने भनी सिसिटिभी मोनिटरिङ कक्षमा जाँदा प्र.ना.उ. पोखरेल, अ.स.ई. तामाङ, प्रहरी निरीक्षक मधुसूदन वि.क., दर्जा नखुलेका प्रहरी कर्मचारी प्रकाश चौधरी समेतले सिसिटिभी मोनिटरिङ गर्ने कक्षमा ढोका थुनी प्रमुख अध्यागमन अधिकृत तथा अन्य अध्यागमनका कर्मचारी माथि पुनः कुटपिट गरेको कार्यालयले जनाएको छ । 

सुरक्षा प्रदान गर्ने जिम्मेवार निकायका जिम्मेवार व्यक्तिहरूबाट गैर कानुनी कार्य भएको भन्दै कार्यालयले छानबिन गरी दोषी उपर हदैसम्मको कारबाही माग गर्दै पत्र नै लेखेर मन्त्रालय र विभागलाई जानकारी गराएको हो ।

थप अपडेड हुँदै…

Tags :
प्रतिक्रिया दिनुहोस