विमानस्थल कुटपिट प्रकरण : असईलाई निलम्बन, अधिकृतलाई विभागीय कारवाही सिफारिस  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विमानस्थल कुटपिट प्रकरण : असईलाई निलम्बन, अधिकृतलाई विभागीय कारवाही सिफारिस 


१७ माघ २०८०, बुधबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबिच भएको कुटाकुटको घटनाबारेको छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । 

सहसचिव थानेश्वर गौतम नेतृत्वमा गठित समितिले कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक(असई) सञ्जय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको छ भने अन्य दुई जना सिपाहीलाई अनुशासनको कारबाही गर्न भनेको छ । 

त्यस्तै छानबिन समितिले विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई मन्त्रालय फिर्ता बोलाएर विभागीय कारबाही गर्न सिफारिस गरेको छ । त्यसैगरी सिसिटिभी फुटेज हेर्न जाँदा भएको घटनामा उपस्थित रहेका डिएसपीलाई पनि अनुशासन सम्बन्धी कारवाहीको लागि सिफारिस गरिएको एक अधिकारीले प्रशासनलाई जानकारी दिए । 

प्राप्त रिपोर्ट कार्यान्वयनका लागि गृह सचिवले पठाईसकेका छन् ।

चेकजाँच गर्ने प्रहरी जवानसँग विवाद हुँदा माघ १२ मा मोक्तानलाई प्रहरीले कुटपिट गरेका थिए ।

सम्बन्धित समाचार : विमानस्थलमा अध्यागमन प्रमुखमाथि हातपात

गौतम नेतृत्वको समितिमा प्रहरी नायब महानिरीक्षक(डिआइजी) राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जिसी सदस्य रहेका थिए।

सम्बन्धित समाचार : विमानस्थल कुटपिट प्रकरणबारे छानबिन गर्न समिति गठन

घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरू प्रहरीलाई कारबाही माग गर्दै कालो पट्टी बाँधेर नियमित काम गर्दै आएका थिए । 

सम्बन्धित समाचार : प्रहरी कुटपिटविरुद्ध अध्यागमनका कर्मचारी कालो पट्टी बाँधेर काममा

घटना पछि कर्मचारी ट्रेड युनियनहरुले गृह मन्त्री, मुख्यसचिव र गृह सचिवलाई भेटेर प्रहरीलाई कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका थिए भने कारबाही नभए थप आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका थिए । 

सम्बन्धित समाचार : अध्यागमन प्रमुखलगायतका कर्मचारी कुटपिट गर्नेलाई कारबाही नभए सेवा बन्द गर्ने चेतावनी

सम्बन्धित समाचार : अध्यागमन प्रमुख लगायतका कर्मचारीमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न कर्मचारी युनियनको माग

सम्बन्धित समाचार : कर्मचारी कुट्ने प्रहरीलाई कारबाही नभए देशभर सेवा ठप्प पार्ने ट्रेड युनियनहरूको चेतावनी 

अध्यागमनका कर्मचारीमाथि प्रहरीले हातपात गरेको विषयमा बुझ्न गएका प्रमुख अध्यागमन प्रमुख गोगल हमालमाथि नै प्रहरीले आक्रमण गरेका थिए ।
सम्बन्धित समाचार : विमानस्थलमा अध्यागमन प्रमुखमाथि हातपात

सम्बन्धित समाचार : फलोअप : सिसिटिभी फुटेज हेर्न गएका अध्यागमन प्रमुखलाई नै ढोका थुनेर कुटे प्रहरीले

पछिल्लो पटक ‘भिजिट भिसा’मा विदेश जानेहरूले बोकेका नक्कली कागजातले टकराब निम्त्याए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढिरहेको प्रहरी र अध्यागमनबिचको मनमुटाब अध्यागमन कसले चलाउने भन्ने विषयसँग जोडिएको छ ।

सम्बन्धित समाचार : ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ? 

पछिल्लो समय अन्तराष्ट्रिय महत्वको अति संवेदनशील क्षेत्र त्रिभुवन विमानस्थलमा कर्मचारी र प्रहरीबीच भएको झगडा उत्कर्षमा छ । अचम्म त के छ भने एउटै मन्त्रालय मातहतका दुई निकायबीचको कुटाकुट ‘…लाई भन्दा देख्नेलाई लाज’ जस्तै भएको छ । बुझ्नै पर्ने कुरा के हो भने यी दुवै पक्षले सेवाग्राहीलाई सहजता प्रदान गर्ने अर्थात् सेवा प्रवाहमा चुस्तता ल्याउने भन्दा आफ्नो एकाधिकार तथा वर्चस्व कायम गर्ने विषयमा कुटाकुटमा उत्रेका हुन् । 

Tags :
प्रतिक्रिया दिनुहोस