विमानस्थल कुटपिट प्रकरणबारे छानबिन गर्न समिति गठन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

विमानस्थल कुटपिट प्रकरणबारे छानबिन गर्न समिति गठन


१२ माघ २०८०, शुक्रबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीमाथि प्रहरीले कुटपिट गरेको घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

विमानस्थल कार्यालयका कर्मचारी र प्रहरीबीच भएको घटनबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै शुक्रवार गृह मन्त्रालयले मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । 

समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक(डिआइजी) राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जिसी सदस्य रहेका छन् ।

प्रहरीले त्रिभुवन विमानस्थलमा अध्यागमन अधिकृत छायालाल मोक्तान र प्रमुख अध्यागमन अधिकृत तथा कार्यालय प्रमुख गोगन बहादुर हमालमाथि शुक्रबार दिउँसो हातपात गरेको थियो ।

सम्बन्धित समाचार : विमानस्थलमा अध्यागमन प्रमुखमाथि हातपात

सम्बन्धित समाचार : फलोअप : सिसिटिभी फुटेज हेर्न गएका अध्यागमन प्रमुखलाई नै ढोका थुनेर कुटे प्रहरीले

सम्बन्धित समाचार : अध्यागमन र प्रहरीबिच फेरि बल्झियो विवाद : हातपातमै उत्रियो प्रहरी, घटनाबारे बुझ्दै मन्त्रालय

Tags :
प्रतिक्रिया दिनुहोस