कर्मचारी कुट्ने प्रहरीलाई कारबाही नभए देशभर सेवा ठप्प पार्ने ट्रेड युनियनहरूको चेतावनी  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कर्मचारी कुट्ने प्रहरीलाई कारबाही नभए देशभर सेवा ठप्प पार्ने ट्रेड युनियनहरूको चेतावनी 


१४ माघ २०८०, आइतबार


काठमाडौँ ।  विभिन्न पाँच वटा ट्रेड युनियनहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कर्मचारीमाथि भएको आक्रमणमा संलग्न प्रहरीलाई कारबाही नगरे देशभरका अध्यागमन सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

आइतबार नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, एकीकृत सरकारी कर्मचारी सङ्गठन र नेपाल मधेसी निजामती कर्मचारी मञ्चले संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारबाही गर्न माग गरेका हुन् । 

अन्यथा अध्यागमन कार्यालयलगायत देशव्यापी रूपमा कार्यालयको सेवा बन्द गर्ने र आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने उनीहरूको चेतावनी छ ।

‘…उक्त घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारबाही नभएमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलगायत देशव्यापी रूपमा कार्यालयको सेवा बन्द गर्नेलगायतका आवश्यक आन्दोलनका थप कार्यक्रम घोषणा गर्न हामी बाध्य हुने ब्यहोरा यसै ज्ञापन पत्रमार्फत जानकारी गराउँदछौँ’, उनीहरूले भनेका छन् ।

अध्यागमन अधिकृत र प्रमुख अध्यागमन अधिकृतमाथि भएको कुटपिटको विषयलाई लिएर विमानस्थलमा तनाव उत्पन्न भएको छ । विरोधमा कर्मचारीहरूले शनिवारबाट कालोपट्टि बाँधेर काम गर्दै आएका छन् भने गृह मन्त्रालयले छानबिन समिति नै गठन गरेको छ । तर पनि माहोल भने अझै तातिरहेको छ ।

उनीहरूले गृहमन्त्री नारायण काजी श्रेष्ठ र गृह सचिव दिनेश भट्टराईलाई भेटेर ज्ञापन बुझाएका हुन् ।

सम्बन्धित समाचार : विमानस्थलमा अध्यागमन प्रमुखमाथि हातपात

सम्बन्धित समाचार : फलोअप : सिसिटिभी फुटेज हेर्न गएका अध्यागमन प्रमुखलाई नै ढोका थुनेर कुटे प्रहरीले

सम्बन्धित समाचार : अध्यागमन र प्रहरीबिच फेरि बल्झियो विवाद : हातपातमै उत्रियो प्रहरी, घटनाबारे बुझ्दै मन्त्रालय

सम्बन्धित समाचार : विमानस्थल कुटपिट प्रकरणबारे छानबिन गर्न समिति गठन

सम्बन्धित समाचार : ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ? 

Tags :
प्रतिक्रिया दिनुहोस