नक्कली भुटानी शरणार्थी प्रकरण : तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नक्कली भुटानी शरणार्थी प्रकरण : तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई पक्राउ


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । 

उनलाई मङ्गलवार बिहान ललितपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले पुष्टि गरेको  छ । यसअघि नक्कली शरणार्थी बनाएर पैसा असुल्ने गिरोहका केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल पक्राउ परिसकेका छन् । उनीहरूको बयानका आधारमा राई पक्राउ परेका हुन् ।

सम्बन्धित समाचार : नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने ठगी धन्दामा सचिवको संलग्नताबारे अनुसन्धान हुँदै

सम्बन्धित समाचार : नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका थप एक जना पक्राउ

सम्बन्धित समाचार : भुटानी शरणार्थी प्रकरण : पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा

सम्बन्धित समाचार : नक्कली शरणार्थी बनाउने गिरोहविरुद्धको अनुसन्धानमा किन चुहाइयो सूचना ?

Tags :
प्रतिक्रिया दिनुहोस