दोषी देखिए कोही पनि छुट्दैनन् : गृहमन्त्री श्रेष्ठ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

दोषी देखिए कोही पनि छुट्दैनन् : गृहमन्त्री श्रेष्ठ


२० बैशाख २०८०, बुधबार


काठमाडौँ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएका जोसुकै भए पनि कारबाही हुने बताएका छन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने काममा संलग्नता देखिएको भन्दै प्रहरीले गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राईलगायतका अधिकारी र राजनीतिक नेतृत्व अनुसन्धानमा तानिएका छन् ।

गृहमन्त्रीसमेत रहेका श्रेष्ठले आफूले प्रहरी प्रशासनलाई जुनसुकै तहको व्यक्ति भए पनि दोषी देखिए कारबाही गर्न निर्देशन दिएको बताए ।

‘मैले प्रहरी प्रशासनलाई भनेको कुरा के हो भने कोही पनि दोषी कुनै पनि घटनामा नछुटोस्, कुनै पनि निर्दोष अनावश्यक तानिने वा दुःख पाउने नहोस्’, श्रेष्ठले भने, ‘तर, दोषी छन् भने जोसुकै भए पनि कारबाही गर्नुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस