२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शाखा अधिकृतको विज्ञापन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी

अ+ अ-

काठमाडौँ । उच्च अदालत पाटनले शाखा अधिकृतको विज्ञापन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोक सेवा आयोगलाई विपक्षी बनाई दायर गरिएको रिटमा न्यायाधीश राम बहादुर थापाको एकल इजलासले गत मङ्सिर २९ गते प्रकाशित नं. ४१८/०७८-०७९ को बढुवा सूचना र ४१९/०७८-०७९ को विज्ञापन यही पुस १८ गतेसम्मका लागि यथास्थितिमा राख्न आदेश दिएको हो । अदालतले अन्तरिम आदेशसमेत जारी गरी पाउँ भन्ने निवेदन मागबारे दुवै पक्ष बिच छलफल गर्न आवश्यक देखिएको भन्दै १८ गते आइतबार अन्तरिम आदेशको छलफलका लागि पेशी तोकेको छ ।

लोक सेवा आयोगले २०७६ मा गरेको विज्ञापन बमोजिम सबै चरणका परीक्षा दिई अन्तिम सिफारिसको पर्खाइमा रहेका परीक्षार्थिहरुको योग्यता क्रम प्रकाशित पछि मात्रै अर्को विज्ञापन हुनुपर्ने माग निवेदकहरूले गरेका थिए । साथै एउटा परीक्षाको नतिजा नआउँदै सोही पदमा आवेदन दिनुपर्ने अवस्था देखिएकोले सुरुको परीक्षाफल प्रकाशित पछि मात्रै अर्को विज्ञापन गर्नुपर्ने उनीहरूको जिकिर थियो ।

आर्थिक वर्ष २०७६-०७७ मा सहभागी परीक्षार्थिहरुमध्ये २०७८ असार २१ गते लिखित परीक्षामा उत्तीर्ण ६ सय ३१ जना शाखा अधिकृतहरूको गत भदौ ८ गते अन्तर्वार्ता परीक्षा सकिएको थियो । कर्मचारी समायोजन तथा पदस्थापनलगायत विषयमा विभिन्न चरणमा भएका सर्वोच्चको आदेशसँगै ती परीक्षार्थिहरुको नतिजा रोकिन पुगेको थियो । पछिल्लो पटक पुस ८ गते हुने भनिएको सुनुवाइ पुनः स्थगित भएसँगै परीक्षार्थीहरू थप आक्रोशित हुँदै लोक सेवा आयोगका अध्यक्षको राजीनामा माग्ने चेतावनीसहित आन्दोलित हुन पुगेका थिए ।

लोक सेवा आयोग ऐन, २०६६ को दफा २८ को व्यवस्थाले परीक्षा भइसकेको विज्ञापनको हकमा पदपूर्तिको सुनिश्चितता गरेको अवस्था र प्रकाशित भइसकेको विज्ञापनमा उम्मेदवारले आफ्नो श्रमको फल पनि पाउनुपर्ने श्रम कानुनको सामान्य सिद्धान्त अनुसारसमेत लोक सेवा आयोगले बेलैमा नसोचेका कारण अहिलेको परिस्थिति सिर्जना हुन पुगेको ठहर कर्मचारीको छ ।

सम्बन्धित समाचार : सिफारिसको पर्खाइमा रहेका परीक्षार्थीद्वारा लोक सेवा अध्यक्ष र सामान्य सचिवलाई ज्ञापन

सम्बन्धित समाचार : मुख्य सचिव र प्रधानमन्त्री कहाँ पनि पुगे सिफारिसको पर्खाइमा रहेका शाखा अधिकृतका परीक्षार्थी

सम्बन्धित समाचार : अधिकृत परीक्षार्थीद्वारा लोक सेवा कार्यालयमा प्रदर्शन

सम्बन्धित समाचार : लोक सेवा अध्यक्षको प्रोफाइलमा कमेन्टको बाढी, अधिकृतहरूले लेखे -आयोगप्रति हामीलाई पूर्ण विश्वास छ

सम्बन्धित समाचार : शाखा अधिकृत परीक्षार्थीद्धारा लोक सेवा आयोगको कार्यालयमा धर्ना

सम्बन्धित समाचार : लोक सेवा सम्बन्धी मुद्दा आज पनि स्थगित, अध्यक्षको राजीनामा माग्दै आन्दोलन गर्ने परीक्षार्थीको चेतावनी