लोक सेवा सम्बन्धी मुद्दा आज पनि स्थगित, अध्यक्षको राजीनामा माग्दै आन्दोलन गर्ने परीक्षार्थीको चेतावनी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

लोक सेवा सम्बन्धी मुद्दा आज पनि स्थगित, अध्यक्षको राजीनामा माग्दै आन्दोलन गर्ने परीक्षार्थीको चेतावनी


८ पुस २०७८, बिहिबार


काठमाडौँ । लोक सेवा आयोगको सबै चरणका परीक्षा पास गरी नतिजाको पर्खाइमा रहेका शाखा अधिकृत परीक्षार्थीहरूको मुद्दा आज पनि स्थगित भएको छ । न्यायाधीश विश्वम्भर श्रेष्ठ, नहकुल सुवेदी र दीपक कुमार कार्कीको इजलासमा परेको मुद्दा बहसको क्रममा न्यायाधीश विश्वम्भर श्रेष्ठले आफूले हेर्न नमिल्ने भनेपछि स्थगित भएको हो ।

सो सँगै सयौँको सङ्ख्यामा रहेका परीक्षार्थीहरू एकै पटक मुख्य रजिस्ट्रारको कार्यकक्षमा जान खोजेपछि प्रहरीसँगको ठेलमठेलको अवस्थासमेत सिर्जना हुन पुगेको थियो । न्याय माग्न गएका ठुलो सङ्ख्याका परिक्षार्थीहरुले अदालत परिसरमै पलेटी कसेर बसेका थिए ।

पूर्ण इजलास बिहीबार मात्र बस्ने र अधिकांश न्यायाधीसले यस विषयमा कुनै न कुनै आदेश दिएकोले हेर्न नमिल्ने भएपछि यही तवरले वर्षौँ लाग्न सक्ने भन्दै परीक्षार्थीहरू आक्रोशित बनेका छन् । उनीहरूले तत्काल निकास दिने गरी पहल गर्न अदालत प्रशासनलाई भनेका छन् ।

यसअघि सम्बन्धित सबै निकायहरुको ध्यानाकर्षण गराई सकेका उनीहरु अदालतको आदेश कुरेर बसेका छन् ।

सम्बन्धित समाचार : हामी यहाँ छौँ भन्दै शाखा अधिकृत परीक्षार्थीहरू लोक सेवा आयोगको कार्यालयमा बसे धर्ना

सम्बन्धित समाचार : सिफारिसको पर्खाइमा रहेका परीक्षार्थीद्वारा लोक सेवा अध्यक्ष र सामान्य सचिवलाई ज्ञापन

सम्बन्धित समाचार : मुख्य सचिव र प्रधानमन्त्री कहाँ पनि पुगे सिफारिसको पर्खाइमा रहेका शाखा अधिकृतका परीक्षार्थी

सम्बन्धित समाचार : अधिकृत परीक्षार्थीद्वारा लोक सेवा कार्यालयमा प्रदर्शन

सम्बन्धित समाचार : लोक सेवा अध्यक्षको प्रोफाइलमा कमेन्टको बाढी, अधिकृतहरूले लेखे -आयोगप्रति हामीलाई पूर्ण विश्वास छ

सम्बन्धित समाचार : शाखा अधिकृत परीक्षार्थीद्धारा लोक सेवा आयोगको कार्यालयमा धर्ना

साथै लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीको भूमिकाप्रति असन्तुष्ट परिक्षार्थीहरुले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्न नसकेको भन्दै राजीनामा माग्ने तयारी रहेको एक परीक्षार्थीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस