शाखा अधिकृत परीक्षार्थीद्धारा लोक सेवा आयोगको कार्यालयमा धर्ना « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

शाखा अधिकृत परीक्षार्थीद्धारा लोक सेवा आयोगको कार्यालयमा धर्ना


२३ भाद्र २०७८, बुधबार


काठमाडौँ । नतिजाको पर्खाइमा रहेका शाखा अधिकृत परीक्षार्थीले शीघ्र नतिजा प्रकाशनको माग गर्दै लोक सेवा आयोगको कार्यालयमा शान्तिपूर्ण धर्ना दिएका छन् ।

सर्वोच्च अदालतको आदेशपछि रोकिएको शाखा अधिकृतको नजिता तत्काल सार्वजनिक गर्नुपर्ने मागसहित दुई सय बढी सङ्ख्यामा उपस्थित परीक्षार्थीले बुधवार आयोगको कार्यालय कमलपोखरी पुगेर धर्ना दिएका हुन् । ‘लोक सेवा आयोगप्रति हाम्रो पूर्ण विश्वास छ, एउटै विज्ञापनले ३ वर्ष खायो, नतिजा कुर्दाकुर्दै हैरान बनायो, लोक सेवा आयोग हाम्रो अभिभावक हो’ लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए ।

धर्नामा उपस्थित परीक्षार्थिहरुले आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी र सचिव महेन्द्रप्रसाद गुरागाईँलाई भेटेर नतिजा जतिसक्दो चाँडो प्रकाशन गर्न आग्रह गरिएको एक परीक्षार्थीले जानकारी दिए ।

ती परीक्षार्थीका अनुसार अध्यक्ष रेग्मीले सामान्य प्रशासन मन्त्रालयले दरबन्दीको समस्या मिलाएर पठाएपछि आयोगले नतिजा प्रकाशन गर्ने जवाफ दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस