मुख्य सचिव र प्रधानमन्त्री कहाँ पनि पुगे सिफारिसको पर्खाइमा रहेका शाखा अधिकृतका परीक्षार्थी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मुख्य सचिव र प्रधानमन्त्री कहाँ पनि पुगे सिफारिसको पर्खाइमा रहेका शाखा अधिकृतका परीक्षार्थी


१० भाद्र २०७८, बिहिबार


काठमाडौँ । लोक सेवा आयोगका सबै चरणका परीक्षाहरू सकेर सिफारिसको पर्खाइमा बसेका शाखा अधिकृतका परीक्षार्थीहरुले प्रधानमन्त्री तथा मुख्यसचिवलाई भेटेका छन् ।

बुधवार आयोगका अध्यक्ष र सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिवलाई ज्ञापन पत्र बुझाएका उनीहरूले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र मुख्यसचिव शंकरदाश वैरागीलाई भेटेर सम्पूर्ण चरणको परीक्षा सम्पन्न गरिसकेको विज्ञापनबाट पदसंख्या कटौती नगर्न माग गरेका हुन् ।

सम्बन्धित समाचार : सिफारिसको पर्खाइमा रहेका परीक्षार्थीद्वारा लोक सेवा अध्यक्ष र सामान्य सचिवलाई ज्ञापन

लोक सेवा आयोग ऐन, २०६६ को दफा २८ को व्यवस्थाले परीक्षा भइसकेको विज्ञापनको हकमा पदपूर्तिको सुनिश्चितता गरेको स्मरण गराउँदै प्रकाशित भइसकेको विज्ञापनमा उम्मेदवारले आफ्नो श्रम गरिसकेपछि उसले त्यसको फल पनि पाउनुपर्ने र यो श्रम कानुनको सामान्य सिद्धान्त पनि भएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस