सुनील र विकललाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुनील र विकललाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति 


२ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । विदेशमा सम्पत्ति लुकाएको आरोपमा पक्राउ परेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । विशेष अदालतले पौडेलद्वयलाई थप १० दिन हिरासतमा राख्न बुधवार अनुमति दिएको हो । 

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार पौडेलद्वयलाई थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरिएको छ । यसअघि ३ पटक ७ दिनका दरले २१ दिन हिरासतमा राख्न अनुमति दिइएकामा बुधवार थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरिएको हो । 

विदेशको बैंकमा रकम राखेको प्रमाण भेटिएपछि पौडेलद्वयलाई गत माघ १० गते अख्तियारको टोलीले पक्राउ गरी हिरासतमा राखेको थियो ।  सेक्युरिटी प्रिन्टिङ घोटाला प्रकरणमा मुछिएपछि उनीहरू निलम्बनमा परेका थिए ।

सम्बन्धित समाचार : सुनील र विकललाई थप ७ दिन थुनामा राख्न अनुमति

सम्बन्धित समाचार : सुनील र विकललाई थप ७ दिन थुनामा राख्न अदालतको अनुमति

सम्बन्धित समाचार : सुनिल र विकल पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतले दियो अनुमति

सम्बन्धित समाचार : सुनिल र विकलको हिरासतमा नबस्ने जिकिर

सम्बन्धित समाचार : विकल र सुनिल पौडेल पक्राउ

सम्बन्धित समाचार : अख्तियारको खोजीमा रहेका विकल अवुधावी हुँदै सुटुक्कै भागे अमेरिका 

सम्बन्धित समाचार : सचिव मधु मरासिनी र टेलिकमका प्रबन्ध निर्देशक पौडेलसहित नौ जना विरुद्ध भ्रष्टाचार मुद्दा

सम्बन्धित समाचार : मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Tags :
प्रतिक्रिया दिनुहोस