सुनिल र विकलको हिरासतमा नबस्ने जिकिर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुनिल र विकलको हिरासतमा नबस्ने जिकिर


११ माघ २०८०, बिहिबार


काठमाडौँ । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलले आफूहरू हिरासतमा नबस्ने जिकिर गरेका छन् । विशेष अदालतमा म्याद थपका लागि लगिएका उनीहरूले आफूहरूलाई पक्राउ गर्न नमिल्ने र म्याद थप गर्नु कानुन विपरीत भएको जिकिर गरेका हुन् ।

यस विषयमा विशेष अदालत बहस भइरहेको छ । बहसपछि हिरासतमा राख्ने नराख्ने निर्णय हुने प्रवक्ता धनबहादुर कार्कीले बताए । बुधवार पक्राउ गरेका दुवै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि हिरासतमै राख्न म्याद थपका लागि अदालत पुराएको हो ।

गैरकानूनी सम्पत्ति आर्जन गरेको भनी पौडेलद्वयविरुद्ध परेको उजुरीका सम्बन्धमा अख्तियारबाट अनुसन्धान भइरहेको जनाइएको छ । उनीहरूले कसुर सम्बद्ध प्रमाण नष्ट गर्न सक्ने र भागी जाने सम्भावना भएकाले पक्राउ पुर्जी दिई हिरासतमा लिइएको अख्तियारले जनाएको छ ।

सम्बन्धित समाचार : विकल र सुनिल पौडेल पक्राउ

सम्बन्धित समाचार : अख्तियारको खोजीमा रहेका विकल अवुधावी हुँदै सुटुक्कै भागे अमेरिका 

सम्बन्धित समाचार : सचिव मधु मरासिनी र टेलिकमका प्रबन्ध निर्देशक पौडेलसहित नौ जना विरुद्ध भ्रष्टाचार मुद्दा

सम्बन्धित समाचार : मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Tags :
प्रतिक्रिया दिनुहोस