मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आइतबार सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनिमितता गरेको आरोपमा पौडेलसहित नौ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

कार्यकारी निर्देशक पौडेल, सीडीई, इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालि, मेपटेक विल्डिङ सर्भिसेस प्रालि, परामर्शदाता वास्तुशिल्प एसोसिएट्ससमेतका निर्देशक गरी नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

उनीहरूले गैरकानुनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । निर्देशक पौडेलविरुद्ध ६९ करोड आठ लाख ८१ हजार ८५४ रुपैयाँ बिगो दाबी गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस