११ उपमहानगरपालिकामा बुटवल अग्रस्थानमा, इटहरी सबैभन्दा पछाडि
काठमाडौँ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशका ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनको नतिजा बिहीबार सार्वजनिक गरेको छ। मूल्यांकनअनुसार बुटवल उपमहानगरपालिका ६४.४४ अंकसहित शीर्ष स्थानमा देखिएको छ भने इटहरी उपमहानगरपालिका ३८.९६...