२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

११ उपमहानगरपालिकामा बुटवल अग्रस्थानमा, इटहरी सबैभन्दा पछाडि

अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशका ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनको नतिजा बिहीबार सार्वजनिक गरेको छ। मूल्यांकनअनुसार बुटवल उपमहानगरपालिका ६४.४४ अंकसहित शीर्ष स्थानमा देखिएको छ भने इटहरी उपमहानगरपालिका ३८.९६ अंकसहित सबैभन्दा कमजोर रहेको छ।

दाङका दुई उपमहानगरपालिकामा तुल्सीपुरले ६१.५३ र घोराहीले ६१.०८ अंक प्राप्त गरेका छन्। धरान उपमहानगरपालिकाले ४९.७६ अंक ल्याएको देखिन्छ।

आयोगले स्थानीय तहको मूल्यांकनका लागि कुल १७ सूचक प्रयोग गरेको थियो। यसमा बजेट असारभित्र सार्वजनिक र पास नगर्नु, आव २०८१-८२ का घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर र विज्ञापन करबाट उठेको रकमको ४० प्रतिशत मासिक प्रदेश सञ्चित कोषमा नदिने जस्ता वित्तीय सूचक समावेश छन्। साथै आगामी आवको बजेट प्रक्षेपण अर्थ मन्त्रालयमा बुझाएको वा नगरेको, बजेट समीक्षा नगरेको, राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसइई परीक्षा नतिजा र खोप लगाएका बालबालिका अनुपात समेत मूल्यांकनको आधार बनेका छन्।

देशभरि ८० अंक कटाउने स्थानीय तह चार वटा मात्र छन्, जसमध्ये अधिकांश पश्चिम नेपालको क्षेत्रका रहेका छन्।