छात्रवृत्ति विवरण बुझाउन अटेरी गर्ने स्कुलको अनुमति रद्द « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

छात्रवृत्ति विवरण बुझाउन अटेरी गर्ने स्कुलको अनुमति रद्द


७ श्रावण २०८०, आइतबार


काठमाडौँ । इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने दुइटा निजी स्कुलको अनुमति रद्द गरेको छ।

इटहरी-१० मा रहेको ‘इटहरी नमूना स्कुल’ र ६ नम्बर वडामा रहेको ‘इटहरी चिल्ड्रेन स्कुल’ को अनुमति रद्द गरिएको उपमहानगरले जनाएको छ । 

प्रचलित शिक्षा ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम छात्रवृत्ति वितरणको विवरण पेस गर्न लिखित पत्राचार गरे पनि अटेर गरेपछि अनुमति रद्द गरिएको उपमहानगरको भनाई छ । 

२०८० असार २९ को नगर शिक्षा समितिको बैठकले समयमा छात्रवृत्तिको विवरण नबुझाउने स्कुलको अनुमति रद्द गर्ने निर्णय गरेको थियो। त्यसअघि, असार २१ गतेको बैठकले तोकिएको समय सीमाभित्र विवरण नबुझाउने स्कुललाई एक लाख रुपैयाँ जरिवाना तोकेको थियो। जरिवाना पनि नबुझाएपछि उपमहानगरपालिकाले दुइटा स्कुलको अनुमति रद्द गरेको हो।

इटहरी नमूना स्कुलले कक्षा ६ सम्मको अनुमति लिएको थियो भने इटहरी चिल्ड्रेन स्कुलले कक्षा १० सम्मको अनुमति लिएको थियो। उपमहानगरले अनुमति रद्द गरेको पत्र आइतबार सम्बन्धित स्कुलहरूलाई पठाएको छ।

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन-२०७५ अनुसार संस्थागत विद्यालयहरूले विद्यार्थी सङ्ख्याको अनुपातमा छात्रवृत्ति प्रदान गर्नुपर्ने व्यवस्था छ। नियमानुसार छात्रवृत्ति प्रदान गरेको विवरण स्थानीय सरकार समक्ष बुझाउनुपर्छ। 

Tags :
प्रतिक्रिया दिनुहोस