इटहरीमा भैँसी प्रतियोगिता « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

इटहरीमा भैँसी प्रतियोगिता


१२ चैत्र २०८०, सोमबार


इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकामा भैँसी प्रतियोगिता सम्पन्न भएको छ । बर्सेनि भैँसीपालक किसान घट्दै गएपछि भैँसीपालनतर्फ आकर्षित गर्ने उद्देश्यका साथ इटहरीमा भैँसी प्रतियोगिता सम्पन्न गरिएको हो ।

भैँसीपालन गर्दै आएका किसान अन्य पशुपालनतर्फ परिवर्तन हुन थालेपछि भैँसीपालक किसानलाई प्रोत्साहन गर्नका लागि प्रतियोगिता गरिएको आयोजक संस्थाले जनाएको छ ।

इटहरीमा रहेको दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको आयोजनमा सुनसरी र मोरङमा भैँसीपालन गर्दै आएका किसानबीच प्रतिस्पर्धा गरिएको हो ।

दुग्ध उत्पादक सहकारी संस्थाको ४२ औँ स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिएको संस्थाका सचिव धमलाले जानकारी दिए । प्रतियोगितामा सुन्दरहरैँचाका ३० किसानका ५० भैँसी प्रतियोगितामा सहभागी गरिएका थिए ।
प्रतियोगितामा इटहरी उपमहानगरपालिका-३ का चन्द्रबहादुर बस्नेतको भैँसी प्रथम भएको छ ।

त्यसैगरी सुन्दरहरैँचा-५ की पदमकुमारी राईको भैँसी दोस्रो तथा सोही स्थानका भोजराज गौतमको भैँसी तेस्रो भएको धमलाले बताए । त्यसैगरी सुन्दरहरैँचा-५ कै तीर्थकुमारी लिम्बूको भैँसी सान्त्वना पुरस्कार पाउन सफल भएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस