इटहरी उपमहानगरले थप्यो ३० नगर प्रहरी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

इटहरी उपमहानगरले थप्यो ३० नगर प्रहरी


११ मंसिर २०८०, सोमबार


इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले ३० नगर प्रहरी थपेको छ।

दुईजना सई, चारजना हवल्दार र २४ जना जवान थपिएका हुन् । उनीहरू डेढमहिने तालिमपछि कार्यक्षेत्रमा खटिने उपमहानगरले जनाएको छ।

नगर प्रहरीलाई भिड व्यवस्थापन, स्थानीय सरकारको काम, कर्तव्य र अधिकारबारे प्रशिक्षण गराइने बताइएको छ ।

यसअघि, इटहरीमा १५ जना नगर प्रहरी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस