जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन गर्ने सन्दीपको तयारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन गर्ने सन्दीपको तयारी


९ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गर्ने भएका छन् । फैसला पुनरावलोकनका लागि भोलि उच्चमा निवेदन दिने उनको कानूनी टीमले तयारी गरेको छ ।

जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर्‍याउँदै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला त्रुटिपूर्ण रहेको भनेर जनमानसमा आलोचना भइरहँदा सन्दीपले कानूनी चुनौती दिन लागेका हुन् । उनले आफू निर्दोष रहेको जिकिर गर्दै आएका छन् ।

सन्दीप अहिले अस्पतालमा छन् । उनको शरीरका रहेको लाइपोमाको शल्यक्रिया भइरहेको छ । हिजो उनको शरीरका सातवटा गिर्खा निकालिएको थियो भने आज थप ४ वटा निकालिएको छ ।

सम्बन्धित समाचार : क्रिकेटर सन्दीपले गराए दोस्रो पटक शल्यक्रिया

पुस १३ गते काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई बलात्कार आरोपमा दोषी ठहर गरेको थियो।

सम्बन्धित समाचार : सन्दीप लामिछानेलाई तोकियो आठ वर्ष कैद सजाय

Tags :
प्रतिक्रिया दिनुहोस