क्रिकेटर सन्दीपले गराए दोस्रो पटक शल्यक्रिया « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

क्रिकेटर सन्दीपले गराए दोस्रो पटक शल्यक्रिया


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले लाइपोमाको शल्यक्रिया गराएका छन् । काठमाडौँको सिल्भरलाइन हस्पिटलमा उनको शल्यक्रिया भएको हो ।

केही बेरअघि शल्यक्रिया सकिएको निकट स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार शरीरका विभिन्न अंगमा रहेका ७ वटा गाँठाहरू हटाइएको छ । गत वर्ष सन्दीपले पहिलो पटक लाइपोमाको शल्यक्रिया गराएका थिए ।

पहिल्यैदेखि समस्या भोग्दै आए पनि क्रिकेटमा व्यस्तताले गर्दा सन्दीपले शल्यक्रिया गराउन भ्याएका थिएनन् । अदालतको फैसलापछि उनी अहिले क्रिकेटभन्दा बाहिर छन् । जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने सन्दीपको तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस