प्रहरी कुटपिटविरुद्ध अध्यागमनका कर्मचारी कालो पट्टी बाँधेर काममा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रहरी कुटपिटविरुद्ध अध्यागमनका कर्मचारी कालो पट्टी बाँधेर काममा


१४ माघ २०८०, आइतबार


काठमाडौँ । प्रहरी कुटपिटको विरुद्धमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरू हातमा कालोपट्टि बाँधेर काममा खटिएका छन् ।

अध्यागमन कार्यालय प्रमुख र कर्मचारीमाथि भएको कुटपिटको घटनाको विरोधमा उनीहरूले आइतबार पनि हातमा कालोपट्टि बाँधेर काममा खटिएका हुन् ।

अध्यागमनका कर्मचारीहरूले कुटपिटमा संलग्न प्रहरीमाथि कारबाहीको माग गरेका छन् । शुक्रवार कार्यालयका प्रमुख अध्यागमन अधिकृत गोगन बहादुर हमाल र अध्यागमन अधिकृत छायालाल मोक्तान लगायतका कर्मचारीहरूमाथि कार्यालय समयमा अध्यागमनको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरूबाट कुटपिट एवम् हातपात भएको थियो ।

सम्बन्धित समाचार : विमानस्थलमा अध्यागमन प्रमुखमाथि हातपात

सम्बन्धित समाचार : फलोअप : सिसिटिभी फुटेज हेर्न गएका अध्यागमन प्रमुखलाई नै ढोका थुनेर कुटे प्रहरीले

सम्बन्धित समाचार : अध्यागमन र प्रहरीबिच फेरि बल्झियो विवाद : हातपातमै उत्रियो प्रहरी, घटनाबारे बुझ्दै मन्त्रालय

सम्बन्धित समाचार : विमानस्थल कुटपिट प्रकरणबारे छानबिन गर्न समिति गठन

सम्बन्धित समाचार : अध्यागमन प्रमुखलगायतका कर्मचारी कुटपिट गर्नेलाई कारबाही नभए सेवा बन्द गर्ने चेतावनी

सम्बन्धित समाचार : अध्यागमन प्रमुख लगायतका कर्मचारीमाथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्न कर्मचारी युनियनको माग

सम्बन्धित समाचार : ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ? 

Tags :
प्रतिक्रिया दिनुहोस