पाण्डेमाथि अनुसन्धान गर्न थप ७ दिनको म्याद « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाण्डेमाथि अनुसन्धान गर्न थप ७ दिनको म्याद


१६ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । एक युवतीले बलात्कारको आरोप लगाएपछि पक्राउ परेका सुन्दरी प्रतियोगिता आयोजक तथा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट थप ७ दिनको म्याद पाएको छ ।

जिल्ला अदालत काठमाडौँले काठमाडौँ प्रहरी कार्यालयलाई ७ दिनको समय दिएको हो । यसअघि पहिलोपटक ५ दिनको म्याद दिएको थियो ।

८ वर्ष पुरानो घटना दाबी गरिएकोमा बलात्कारको हद म्याद सकिएकाले प्रहरीले मानव बेचबिखनको कसुरमा अनुसन्धान गरिरहेको छ ।

यसअघि सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धा गरेकी युवतीले एक साताअघि सामाजिक सञ्जालमार्फत आफू ८ वर्षअघि बलात्कारमा परेको भन्दै दोषीमाथि कडा कारबाहीको माग गरेकी थिइन् ।

वर्तमान कानुनअनुसार बलात्कार मुद्दामा घटना भएको एक वर्षभित्र अदालतमा मुद्दा पेस भइसक्नुपर्छ ।

सम्बन्धित समाचार : सौन्दर्य प्रतियोगितामा बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

सम्बन्धित समाचार : पाण्डेविरुद्ध मानव बेचबिखन र यौन दुर्व्यवहारको दुई मुद्दा चल्ने

सम्बन्धित समाचार : पाण्डेबाट यौन हिंसामा परेकी युवती अदालतमा

सम्बन्धित समाचार : बलात्कार आरोपी पाण्डेलाई जिल्ला अदालत लगियो

सम्बन्धित समाचार : पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

Tags :
प्रतिक्रिया दिनुहोस