बलात्कार आरोपी पाण्डेलाई जिल्ला अदालत लगियो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बलात्कार आरोपी पाण्डेलाई जिल्ला अदालत लगियो


९ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । बलात्कारको आरोप लागेका सुन्दरी प्रतियोगिता आयोजक तथा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौँ लगिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय हुँदै उनलाई केही बेरअघि थुनामा राखेर अनुसन्धानको अनुमति लिन अदालत लगिएको हो ।

पाण्डेविरुद्ध मानव बेचबिखन र यौन दुर्व्यवहार कसुरमा अनुसन्धान गर्न प्रहरी तयारी छ ।

एक युवतीले ८ वर्षअघि पाण्डेले बेहोस बनाएर बलात्कार गरेको आरोप लगाएपछि उनलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो ।

आइतबार एक किशोरीले पनि पाण्डेविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाउँदै जाहेरी दिएकी छिन् ।

सम्बन्धित समाचार : मनोज पाण्डेविरुद्ध ‘मानव बेचबिखन’ विरुद्धको जाहेरी दर्ता

Tags :
प्रतिक्रिया दिनुहोस