पाण्डेबाट यौन हिंसामा परेकी युवती अदालतमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पाण्डेबाट यौन हिंसामा परेकी युवती अदालतमा


९ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । सुन्दरी प्रतियोगिताका आयोजक तथा कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेबाट यौन हिंसामा परेकी सुस्मिता रेग्मी अदालत हाजिर भएकी छन्। काठमाडौँ जिल्ला अदालतमा अहिले उनको बयान भइरहेको छ ।

मानव बेचबिखन मुद्दामा पीडितको बयान प्रमाणित गराएर मात्र अभियुक्तविरुद्ध थुनाको म्याद दिइने भएकाले उनी अदालत पुगेकी हुन् ।

प्रहरीले पाण्डेविरुद्ध यौन दुर्व्यवहार र मानव बेचबिखन गरी दुई वटा मुद्दा अनुसन्धान गर्ने तयारी गरेको छ ।

आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा दोस्रो भएकी ती युवतीले आफूमाथि पाण्डेले पटक-पटक बलात्कार गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गरेकी थिइन् ।

त्यस लगत्तै आइतबार एक किशोरीले पाण्डेविरुद्ध यौन दुर्व्यवहारको उजुरी दिएकी थिइन् । उनले पहिचान खुलाएकी छैनन् ।

सम्बन्धित समाचार : पाण्डेविरुद्ध मानव बेचबिखन र यौन दुर्व्यवहारको दुई मुद्दा चल्ने

सम्बन्धित समाचार : मनोज पाण्डेविरुद्ध ‘मानव बेचबिखन’ विरुद्धको जाहेरी दर्ता

Tags :
प्रतिक्रिया दिनुहोस