भूतपूर्वहरुले बनाएको वर्तमान पहिचान « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भूतपूर्वहरुले बनाएको वर्तमान पहिचान


८ फाल्गुन २०७३, आइतबार


उही जोश, उही जाँगर अनि उही अनुशासन । करिव दुई दशक लामो अनुभवले सिकाएको त्यही धैर्यताले आज उनीहरुलाई समाजमा उदाहरणीय बनेर बाँच्न सिकाएको छ । यति मात्र होइन हिजो उनीहरु जे थिए त्यसको आफ्नै गौरव र विशिष्ट पहिचान छ र आज जे छन् त्यसको अझ बढी महत्व र सम्मान छ समाजमा ।

चितवन शितलपानीका तिलकबहादुर गोदारदेखि सुर्खेतका जनक ढकाल, कञ्चनपुरका जगतसिंह सामन्त, कैलालीका देबदत्त भट्ट यस्ता प्रतिनिधि पात्र हुन् जसले मेहेनत, लगनशीलता र सत्कर्मको निरन्तरको अनुशरणले समाजमा छुट्टै पहिचान बनाएका छन् ।

उनीहरु सबै अवकासप्राप्त सैनिक हुन् । अवकासपछि उद्यमतिर लागेका उनीहरुको आ-आफ्नै परिवेश, पेशा र स्थान छ । चितवन शितलपानीका तिलकबहादुरले बाख्रापालन गरेका छन् त सुर्खेतका जनक ढकालले कुखुरा पालनसँगै तरकारी खेती गर्दैछन् । कञ्चनपुरका जगतसिँह सामन्तले कपास प्रशोधन तथा सिरक डस्ना उद्योग चलाएका छन् भने कैलालीका देवदत्त भट्टको स्पेसल पराठा सेन्टरको धेरैले समाचार बनाइसकेका छन् । सानो लगानीबाट माथि उठेका उनीहरुको संघर्ष सबैका लागि प्रेरणा बन्न सक्छ ।


३२ वर्षको सेवा अवधिमा कसैले नचिनेको अवस्थालाई ६ वर्षमै समाजमा सबैले चिन्ने हैसियत राखेको बताउँदै गर्दा समाजसेवामा पनि भूपूहरुको सहभागिता प्रशंसनीय नै देखिन्छ ।


यी कर्मवीरहरुको यो सफलताले समाजमा भूतपूर्व सैनिकलाई हेर्ने दृष्टिकोणमा त परिवर्तन ल्याएको छ नै गरे के हुँदैन र भन्ने उदाहरण समेत बनेका छन् । अझै पनि कतिपयको बुझाई छ कि बन्दुक चलाएको हातले के गरिखान सक्छ र, अवकासपछिको विकल्प उही बिदेश नै त हो नि ! हिजोको यही वास्तविकता आज गलत सावित भएको छ । अवकास पछि स्वदेशमै उद्यम गरिरहेका भूपू सैनिकहरु यत्रतत्र भेटिन थालेका छन् । उनीहरुको प्रगति देखेर छरछिमेकमासमेत त्यही सिको गर्न थालेको देखिन्छ भने देशमै केही गर्न सकिन्छ भनेर यतै नयाँ नयाँ सम्भावनाको खोजीमा रहेका अवकासप्राप्त सैनिकको संख्या पनि उत्तिकै बढ्दो छ ।

अवकासप्राप्त सैनिकहरुको स्वउद्यमप्रतिको आकर्षणका वहुआयामिक फाइदाहरु देखिएका छन् । पहिलो त निम्न आयस्तरभएका परिवारको आर्थिक सुधार भएको छ । अवकासपछि आउने पेन्सनबाट घरखर्च धान्नै ठिक्क हुने गरेको अवस्थामा व्यवसाय संचालन पछि घरपरिवारका स–साना आवश्यकता परिपूर्ति गर्न भौतारिनु पर्ने अवस्थाबाट मुक्ति पाएका छन् । बढ्दो महंगी अनि उकुसमुकुस हुनेगरी चुलिँदो सामाजिक प्रतिस्पर्धामा हेयको अवस्थाले हेरिनुपर्ने अवस्था छैन । छोराछोरीलाई गाउँमै भएपनि बोर्डिङ तथा राम्रो स्कुलमा पढाइरहेका छन् । मिठो मसिनो खान र बालबच्चाका स साना आवश्यकता पुरा गर्न पनि साहु कहाँ धाउनु पर्ने अवस्था छैन । स्तर कायम राख्न नसकेकै कारण छरछिमेकमा लुकेर हिड्नुपर्ने अवस्था अब रहेन ।


बृद्ध आमाबुवाहरुले बुढेसकालको सहारा छोराहरुको माया पाएका छन् भने श्रीमती तथा छोराछोरीले अभिभावकत्वका साथै प्यार अनि साथ । साथ साथ मिलेर गाउँमै उद्यम पनि


चाँडबाड, पर्व, मेलालगायत अन्य थुप्रै सामाजिक कार्यहरुमा सम्मानजनक सहभागिताले उनीहरुको सामाजिकस्तरमा समेत बढोत्तरी ल्याएको छ । आर्थिक अभावकै कारण कतिपय सामाजिक कार्यमा सहभागी हुनबाट बञ्चित हुनुपर्ने अवस्था अब रहेन, जुन सबैभन्दा महत्वपूर्ण पक्ष हो । मर्दापर्दा होस् या छरछिमेकमा भैपरी आउने गारोसारो टार्न होस् मुख लुकाउनु पर्ने अवस्था छैन ।

अवकास पछि या त बिदेश नै रोज्नुपर्ने या त गाउँमै बस्दा जुवातास तथा जाँडरक्सी खाएर हल्लिदै हिड्ने चलनलाई धेरै हदसम्म तोडेका छन् । केही अपबाद वाहेक समाजमा सैनिकलाई हेर्ने नजरिया नै बदली दिएका छन् भन्दा अत्युक्ति नहोला । यो अर्को सकरात्मक पक्ष हो ।
फौजी मान्छे सीधा हुन्छ, लप्पन छप्पन जान्दैन, साँचो बोल्छ र बोलेको पुर्याउँछ र अनुशासनमा बस्ने भएकै कारण उसको व्यवहारमा पनि इमान्दारिता झल्किन्छ भनेर पनि धेरै ठाउँबाट मागहरु आउने गरेको छ कपास प्रशोधन तथा सिरक डस्ना उद्योग संचालक गरिरहेका जगतसिंह सामन्त यो भनाइले व्यापारिक क्षेत्रमा पनि भूपूहरु विश्वास जित्न सफल भएका छन् । यसले व्यवसायिक हिसावमा भूपूहरु सफलता प्राप्त गर्दैछन् भन्ने बुझ्न सकिन्छ ।

चितवनका अवकास प्राप्त उपसेनानी मधुसुदन ढकालको व्यस्तता हेर्दा लाग्छ उनी ठूलै नेता भन्दा कम छैनन् जिल्लाका भूतपूर्व सैनिकलाई परेको गारो सारोमा होस् या टोलछिमेकका गतिविधीमा होस् सबैतिर उनको खोजी हुन्छ । ३२ वर्षको सेवा अवधिमा कसैले नचिनेको अवस्थालाई ६ वर्षमै समाजमा सबैले चिन्ने हैसियत राखेको बताउँदै गर्दा समाजसेवामा पनि भूपूहरुको सहभागिता प्रशंसनीय नै देखिन्छ । जागिरले सिकाएको धैर्यता, लगाव र अनुशासनले समाजमा पनि सम्मानजनक स्थानलिन सहजीकरण गरेको देखिन्छ ।

कमजोर आर्थिक अवस्था र देशमा रोजगारको अवस्था नहुँदा अवकासपछिको समय पनि घरपरिवारबाट अलग हुनुपर्ने तथा पारिवारिक सुखसुविधाबाट समेत वञ्चित हुनुपर्ने बाध्यात्मक अवस्थाबाट समेत विकल्पको अवस्था सिर्जना भएको छ । बृद्ध आमाबुवाहरुले बुढेसकालको सहारा छोराहरुको माया पाएका छन् भने श्रीमती तथा छोराछोरीले अभिभावकत्वका साथै प्यार अनि साथ । साथ साथ मिलेर गाउँमै उद्यम पनि । अनि समाजका नजरमा एक फौजी भएकोमा गर्व महसुस गराउने वातावरण पनि । भूपूहरुको यस किसिमको प्रयासले स्थानीयस्तरमा रोजगारीका अवसरहरु पनि सिर्जना गरेको छ ।

सेवामुलक भावनाले यो सबै स्थान, मान, सम्मान अनि वैकल्पिक बाटोहरु देखाएको हो नेपाली सेनाद्धारा संचालित सैनिक कल्याणकारी बोर्ड एवं नेपाल इन्भेष्टमेन्ट बैंक बीच भएको सहकार्य एवं समझदारीले । नेपाली सेनाद्धारा संचालित धेरै कार्यक्रमहरुमध्ये एक सफल कार्यक्रमका रुपमा देखिएको लघुवित्त कार्यक्रमले बैदेशिक रोजगारको विकल्प मात्रै दिएको छैन, आर्थिक, सामाजिकलगायत अन्य वहुआयामिक अवसरहरु सिर्जना गरेको छ ।


अवकासपछि बिदेश रोज्नुपर्ने अवस्थालाई अन्त्य गरेको मात्र छैन कि विदेशमा भएका भूपू सैनिकहरुलाई समेत स्वदेश फर्केर विभिन्न पेशा व्यवसाय गर्न समेत आकर्षित गर्दै सामाजिक तथा आर्थिक विकासमा लघुवित्तले निकै राम्रो भूमिका निर्वाह गरेको छ ।


नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेन्ट बैंकको समझदारी र सहकार्यमा वहालवाला सैनिकका परिवार तथा भूतपूर्व सैनिक तथा तिनमा आश्र्रित परिवारका लागि संचालनमा ल्याएको लघुवित्त कार्यक्रम निम्न आयस्तर भएका भूतपूर्व सैनिकहरुका लागि के खोज्छस् ….आँखाको नानी भनेजस्तै भएको छ । २०७० सालमा कैलालीको धनगढीबाट सुरु भएको यस कार्यक्रम अन्तर्गत कृषि, पशुपालन लगाएत लघुवित्तसम्बन्धी दर्जनौं कार्यक्रमहरु संचालनमा रहेकाछन् । अवकासपछिको समयमा रचनात्मक कार्यमा लगाउने यस प्रकारको प्रयासले समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने निश्चित छ ।

नेपाली सेना कल्याणकारी बोर्डको सिफारिसमा बैंकले भूपू सैनिकको आयआर्जनका लागि ४.५ प्रतिशत रहेको छ । बिना धितो उपलब्ध यस्तो कर्जा बिमा नगरी रु एक लाख र परियोजना व्यवसाय बिमा भएको अवस्थामा २ लाख देखि ७ लाखसम्म प्राप्त गर्न सक्ने छ भने सहकारीसंस्थाले समूह सदस्य मार्फत सामूहिक खेती तथा पशुपंक्षी पालन गर्ने प्रयोजनको लागि प्रतिसदस्य ९० हजारको दरले अधिकतम् एक करोड सम्मको कर्जा सहकारीको नाममा उपलब्ध हुने व्यवस्था रहेको छ ।

लघुवित्त कार्यक्रमले अवकासपछि बिदेश रोज्नुपर्ने अवस्थालाई अन्त्य गरेको मात्र छैन कि विदेशमा भएका भूपू सैनिकहरुलाई समेत स्वदेश फर्केर विभिन्न पेशा व्यवसाय गर्न समेत आकर्षित गरेको बारेमा कल्याणकारी बोर्ड लघुकर्जा कार्यक्रमका प्रमुख समन्वयकर्ता मानार्थ पूर्वउपरथी धनीदास कार्कीको भनाईले पनि भन्न सकिन्छ कि सामाजिक तथा आर्थिक विकासमा लघुवित्तले निकै राम्रो भूमिका निर्वाह गरेको छ ।

देशभरीमा रहेका ६८ हजार सेवा निवृत्त सैनिक र भूतपूर्व तथा वहालवाला सैनिकका गरी करीब ८ लाख परिवारलाई कुनै न कुनै व्यवसायसंग जोड्न सकेमा सेनाप्रतिको आड, भरोसा र विश्वासलाई कायम राख्दै सेना हुनुको गौरव महसुस गराउने छ ।

केही दिन अघि धनगढीको कैलालीमा सम्पन्न सुदूरपश्चिमाञ्चल भूतपूर्व सैनिक सम्मेलनका क्रममा अवकासप्राप्त सैनिकहरुले आफुहरु सक्रिय रहन चाहेको बताएछन् । सेनामा रहँदाको लामो अनुभवलाई स्वदेशमै बिभिन्न स्वरोजगारका क्षेत्र देखि सामाजिक कार्यमा लगाउन सके देशको समग्र विकासमा योगदान पुग्ने उनिहरुको भनाइमा धेरै हदसम्म सत्यता छ ।

नेपाली सेनाले कल्याणकारी बोर्ड मार्फत नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा संचालन गरेको कार्यक्रम जस्तै सरकारका अन्य निकायहरुबाट पनि आफ्ना कर्मचारीहरुका लागि यस्तै नयाँ नयाँ कार्यक्रमहरु लागु गर्दै उनिहरुको अनुभव र विज्ञतालाई सदूपयोग गर्न सक्ने हो भने समुन्नती टाढा छैन ।

एस राज उपाध्यायबाट थप,

सैनिक परिवारको सहारा

के निश्कन्छ मतपेटिकाबाटः देवता कि दानव ?

पति सेनामा, पत्नी व्यवसायमा

लघुवित्तले भिन्नै परिचय स्थापित गराएको छ

लघुवित्त कार्यक्रमले मध्यम तथा निम्न वर्गीय परिवारलाई सहयोग पुर्याएको छ

लघुवित्त कार्यक्रमले जीवनस्तरमा धेरै सुधार ल्याएको छ

सैनिक परिवारको आर्थिकस्तर बढाउन लघुवित्त कार्यक्रम सञ्चालन गरेका हौं

सैनिक परिवारको जीवनस्तर उकास्न लघुवित्त कार्यक्रम सञ्चालन गरेका हौं

सैनिक परिवारलाई हौसला

Tags :
प्रतिक्रिया दिनुहोस