काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई चिरायु अस्पतालबाट ग्राण्डी अस्पताल लगिएको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार चौधरी र थापालाई थप चेकजाँचका लागि ग्राण्डी अस्पताल लगिएको हो।
बिहीबार थापालाई मुटुको समस्या र चौधरीलाई सुगर प्रेसरको समस्या रहेको भन्दै महाराजगञ्जस्थित चिरायु अस्पताल भर्ना गरिएको थियो। चिरायु अस्पतालले थप चेकजाँचका लागि ग्राण्डी अस्पताल रेफर गरेको सीआईबीले बताएको छ।
सम्बन्धित समाचार : उद्योगी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति
सम्बन्धित समाचार : व्यवसायी अरुण चौधरीलाई हिरासतमा राख्ने अनुमति लिन अदालत लैजाने तयारी
सम्बन्धित समाचार : बाँसबारी जग्गा प्रकरण : सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर पक्राउ
सम्बन्धित समाचार : अरुण चौधरीपछि तत्कालीन कार्यकारी प्रमुख थापा पनि पक्राउ
सम्बन्धित समाचार : सरकारी जग्गा हडप्ने अरुण चौधरी पक्राउ







