सरकारी जग्गा हडप्ने अरुण चौधरी पक्राउ « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सरकारी जग्गा हडप्ने अरुण चौधरी पक्राउ


१८ माघ २०८०, बिहिबार


काठमाडौँ । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन् । बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौँको लैनचौरबाट पक्राउ गरेको हो ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रा.लि.को नाममा नामसारी गरेको घटनामा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको सीआईबीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस