अरुण चौधरीपछि तत्कालीन कार्यकारी प्रमुख थापा पनि पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अरुण चौधरीपछि तत्कालीन कार्यकारी प्रमुख थापा पनि पक्राउ


१८ माघ २०८०, बिहिबार


पक्राउ

काठमाडौँ । प्रहरीले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको छ ।

कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि उनलाई काठमाडौँको बत्तीसपुतलीबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।

सीआईबीले बिहीबार नै यसै घटनामा अनुसन्धानका लागि व्यवसायी अरुण चौधरीलाई पनि पक्राउ गरेको छ ।

सम्बन्धित समाचार : सरकारी जग्गा हडप्ने अरुण चौधरी पक्राउ

सीआईबी स्रोतका अनुसार थापा कार्यकारी प्रमुख भएका बेला बाँसबारी छाला जुत्ता कारखानाको जग्गा बेच्ने निर्णय भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस