उद्योगी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

उद्योगी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति


१८ माघ २०८०, बिहिबार


काठमाडौँ । व्यापारी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा आज चौधरी पक्राउ परेका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएका उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई अनुमति दिएको हो ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सोही प्रकरणमा पक्राउ परेका छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि ४ दिन नै हिरासतमा राखेर अनुमति दिएको छ ।

सम्बन्धित समाचार : व्यवसायी अरुण चौधरीलाई हिरासतमा राख्ने अनुमति लिन अदालत लैजाने तयारी

सम्बन्धित समाचार : अरुण चौधरीपछि तत्कालीन कार्यकारी प्रमुख थापा पनि पक्राउ

सम्बन्धित समाचार : सरकारी जग्गा हडप्ने अरुण चौधरी पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस