२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिम्मेवारी पूरा नगरेको आरोपमा तीन स्थानीय तहका निर्वाचन अधिकृत फेरिए

अ+ अ-

काठमाडौँ । तीन स्थानीय तहका निर्वाचन अधिकृत फेरिएका छन् । महोत्तरीको साम्सी गाउँपालिका, बाजुराको बुढीगंगा गाउँपालिका र रौतहटको मौलापुर गाउँपालिकाका निर्वाचन अधिकृत फेरिएका निर्वाचन आयोगले जनाएको छ ।

साम्सीका निर्वाचन अधिकृत दिलीपकुमार प्रधान र बुढीगंगाका निर्वाचन अधिकृत निरञ्जन स्थापितलाई जिम्मेवारी पूरा नगरेको आरोपमा आयोगले कारबाहीको सिफारिससमेत गरेको छ ।

बुढीगंगाका निर्वाचन अधिकृत स्थापितले समय तालिका अनुसार काम नगरेको र सम्पर्कविहीन भएको आयोग स्रोतले बताएको छ ।

आयोगका एक अधिकृतका अनुसार पछि खोजतलास गर्दा उनी मादक पदार्थ सेवन गरेको अवस्थामा भेटिएका थिए । उनको मदिरा सेवन गरेको अवस्थाको फोटो सहित आयोगमा उजुरी परेको थियो । त्यसपछि प्रहरीले नियन्त्रणमा लिएर परीक्षण गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएको आयोग स्रोतको भनाई छ ।

‘उहाँलाई हामीले जिम्मेवारीबाट मुक्त गरेर अर्को निर्वाचन अधिकृत खटाएका छौँ’ आयोग स्रोतले भन्यो, ‘कारवाहीका लागि न्याय सेवा आयोगमा सिफारिस गर्ने निर्णय भइसकेको छ ।’ सरकारी वकिल समूहमा रहेका उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए ।

आयोगले महोत्तरीको साम्सी गाउँपालिकाका निर्वाचन अधिकृत प्रधानलाई पनि निलम्बन गर्न सरकारलाई सिफारिस गरेको छ । गैर जिम्मेवार काम गरेको भनी आयोगले उनलाई हटाउनुका साथै उनको ठाउँमा विनोदकुमार दाहाललाई खटाएको छ ।

निर्वाचन चिह्न बाँड्ने दिनसम्म पनि उनले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न नसकेको आयोग स्रोतको भनाइ छ ।

‘निर्वाचन चिह्न प्रदान गर्ने दिनसम्म पनि उहाँले अन्तिम नामावली प्रकाशित नगरेको भेटियो’ आयोग स्रोतले भन्यो, ‘गैरजिम्मेवारपूर्ण रूपमा काम गरेको देखिएकाले जिम्मेवारीबाट हटाएर अर्को व्यवस्था गरेका हौँ ।’

उनले बेरुजु नै नभएका एक उम्मेदवार विरुद्ध उजुरी परेकै आधारमा मनोनयन रद्द गर्ने निर्णय गरेका र उक्त निर्णय विवादित भएपछि उजुरी परेको आयोग स्रोतले बताएको छ ।

आयोगले रौतहटको मौलापुर नगरपालिकाका निर्वाचन अधिकृत डल्लुराम चौधरीको ठाउँमा पनि अर्को निर्वाचन अधिकृत खटाएको छ ।

प्रतिक्रिया दिनुहोस