१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामान्यको सरुवा खेल : दुई प्रमुख प्रशासकीय अधिकृतसहित पाँच उपसचिवको सरुवा, सूची गुपचुप !

अ+ अ-

काठमाडौँ । दुई प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना उपसचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले इटहरी र नेपाल उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ भने थप तीन जना उपसचिवहरूलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । 

प्रशासन विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार मन्त्रालयले शुक्रवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रामहरि शर्मालाई नेपालगन्ज उपमहानगरपालिका र मीन भट्टराईलाई इटहरी उपमहानगरपालिकामा पठाएको हो । 

पछिल्लो सहसचिव सरुवामा सहसचिव प्रमुख प्रशासकीय अधिकृत सरुवा भएसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले उपसचिवहरूलाई प्रमुख प्रशासकीय अधिकृत बनाई पठाएका हुन् । 

यसैगरी केही जिल्ला समन्वय समिति गोर्खा, डडेलधुरालगायतबाट गृह मन्त्रालयमा पठाइएको छ भने केहीलाई फर्काइएको छ ।

पछिल्लो समय भएका कन्र्फमहरुलाई अन्तै सरुवा गरेर निमित्तहरूलाई पठाउन शुरु गरिएको छ । जसमा मन्त्री गुप्ताले ले राम्रै चलखेल गरिरहेका छन् भने सचिव रविलाल पन्थले आँखा चिम्लेर सही गरिदिने गरेको मन्त्रालय स्रोत बताउँछ । 

यति मात्रै होइन, ठूलो संख्यामा सरुवा गर्दा हल्लाखल्ली हुने भएकोले दुई–चार जनाका दरले दिन बिराएर प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्ने गरिएको छ । जसमा मन्त्री आफैले डिल गर्ने गरेको केही जनप्रतिनिधिहरूले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिएका छन् । 

यससँगै मन्त्रालयले केही समय अघि महिनाको एक र १५ गते गरी दुई दिन मात्रै सरुवा गर्ने उद्घोषले पनि हावा खाएको छ । ‘पहुँचविहीनहरूलाई देखाउने दाँत मात्रै हो दुई दिन’ एक सहसचिवले भने, ‘इन्ट्रेस्टमा त मन लागेको बेला निर्णय भई रहेकै छ त !’ 

पछिल्लो समय निजामतीमा सरुवा निकै धेरै विकृत बन्दै गएको छ । सरुवामै मोलमोलाइ हुने गरेको स्वयं कर्मचारीहरूले बताई रहँदा सम्बद्ध निकायहरू भने तै चुप मै चुपको अवस्थामा छन् । सरुवा भएर पनि महिनौँ रमाना नलिनेदेखि सरुवा भएको ठाउँमा हाजिरै नभई सरुवा बदर गराउने सम्मका उदाहरणबाट पनि यो कुरा पुष्टि हुन्छ । 

प्रतिक्रिया दिनुहोस