काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा नारायणी अस्पताल, वीरगन्ज, पर्साका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट सञ्जय कुमार ठाकुरसमेत ९ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

