काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज(बिहीबार) ६ बजेका लागि बोलाइएको बैठकले ४ जना वरिष्ठ सहसचिवहरूलाई सचिवलाई बढुवा गर्ने निर्णय गर्दै छ ।
सचिव बढुवा समितिले विभिन्न मन्त्रालयहरूमा रिक्त सचिव पदका लागि मंगलवार र बुधवार नाम सिफारिस गरीसकेको छ ।
जसमध्ये पहिलो चरणमा प्रशासनतर्फ ज्येष्ठ सहसचिवबाट एक जना मात्र सिफारिस भएका डा. दामोदर रेग्मी सचिवमा बढुवा हुने पक्का छ भने कृषि तथा वन र इन्जिनियरिङ सेवाका दुई सचिवका लागि ६ वरिष्ठ सहसचिवको नाम सिफारिस गरिएकोमा सरकारले उपयुक्त ठानेका दुई जना सचिवमा बढुवा हुनेछन् ।
त्यसै गरी हिजै(बुधवार) मात्रै प्रशासन तर्फको रिक्त सचिवका लागि तीन जनाको नाम सिफारिस गरी सकेको छ । जसमध्ये एक जना सचिवमा बढुवा हुनेछन् ।
सम्बन्धित समाचार : सचिव बढुवाका लागि वरिष्ठ सहसचिव डा. रेग्मीको नाम सिफारिस
सम्बन्धित समाचार : कृषि तथा वन र इन्जिनियरिङ सेवाका दुई सचिवका लागि ६ वरिष्ठ सहसचिवको नाम सिफारिस
सम्बन्धित समाचार : सचिव बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस, एकै पटक चार जना सचिव हुँदै