कृषि तथा वन र इन्जिनियरिङ सेवाका दुई सचिवका लागि ६ वरिष्ठ सहसचिवको नाम सिफारिस « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कृषि तथा वन र इन्जिनियरिङ सेवाका दुई सचिवका लागि ६ वरिष्ठ सहसचिवको नाम सिफारिस


१५ असार २०७८, मंगलबार


काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले कृषि तथा वन सेवा र इन्जिनियरिङ सेवातर्फ रिक्त एक-एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन-तीन जना गरी ६ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार अपराह्न सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले कृषि तथा वन सेवा तर्फ वरिष्ठ सहसचिव त्रय डा. कृष्ण प्रसाद आचार्य, निरु दाहाल पाण्डे र दीपक खरालको नाम सिफारिस गरेको हो । आचार्य र पाण्डे यसअघिको सचिव बढुवामा पनि सिफारिस भएका थिए ।

सम्बन्धित समाचार : कृषि सेवाको रिक्त एक सचिव पदमा तीन जनाको नाम सिफारिस

त्यसैगरी इन्जिनियरिङ सेवातर्फ प्रमीला बज्राचार्य, सुशिलचन्द तिवारी र गोपाल प्रसाद सिग्देलको नाम सिफारिस गरिएको छ ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सचिव बढुवा गर्ने निर्णय गर्नेछ ।

लोक सेवा आयोगमा पदाधिकारी नियुक्तिसँगै लामो समयदेखि रोकिएको सचिव बढुवा सिफारिस धमाधम सुरु भएको छ । सोमबार मात्रै प्रशासन सेवातर्फ रिक्त सचिवमध्ये एक पदका लागि दामोदर रेग्मीको नाम सिफारिस गरिएको थियो ।

हाल प्रशासन सेवाका ५, इन्जिनियरिङ सेवाका दुई र वन तथा कृषि सेवाका १ गरी आठ सचिव पद रिक्त छन् । राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, गण्डकी र कर्णाली प्रदेशमा सचिव पद रिक्त छन् ।

त्यसैगरी भोली प्रशासन सेवातर्फ पनि एक सचिवका लागि बढुवा सिफारिस समितिले सिफारिस गर्दैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस