सचिव बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस, एकै पटक चार जना सचिव हुँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सचिव बढुवाका लागि तीन वरिष्ठ सहसचिवको नाम सिफारिस, एकै पटक चार जना सचिव हुँदै


१६ असार २०७८, बुधबार


समायोजन

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले रिक्त सचिव पद(विशिष्ट श्रेणी) का लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बुधवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्करको नाम सिफारिस गरेको हो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस गरिएका तीन मध्ये एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ । सम्भवतः परिषद्को नियमित बैठक भोलि बिहीबार बसेको अवस्थामा सचिव बढुवाको निर्णय हुनेछ ।

भोलि एकैसाथ चार जना सचिवमा बढुवा हुनेछन् । बढुवा सिफारिस समितिको मङ्गलवार बसेको बैठकले ज्येष्ठ सहसचिव डा. दामोदर रेग्मीको नाम सिफारिस गरिसकेको छ भने सोही दिन बसेको अर्को बैठकले कृषि तथा वन र इन्जिनियरिङ सेवाका दुई सचिवका लागि ६ वरिष्ठ सहसचिवको नाम सिफारिस गरिसकेको छ ।

आज(वुधवार) सिफारिस गरिएका प्रशासन सेवाबाट मन्त्रिपरिषद्ले सचिव बनाउने निर्णय गरेपछि मात्रै रिक्त अन्य सचिवका लागि बढुवा सिफारिस समितिको बैठक बस्नेछ ।

सम्बन्धित समाचार : सचिव बढुवाका लागि वरिष्ठ सहसचिव डा.रेग्मीको नाम सिफारिस

सम्बन्धित समाचार : कृषि तथा वन र इन्जिनियरिङ सेवाका दुई सचिवका लागि ६ वरिष्ठ सहसचिवको नाम सिफारिस

 

Tags :
प्रतिक्रिया दिनुहोस