सचिव बढुवाका लागि वरिष्ठ सहसचिव डा.रेग्मीको नाम सिफारिस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सचिव बढुवाका लागि वरिष्ठ सहसचिव डा.रेग्मीको नाम सिफारिस


१५ असार २०७८, मंगलबार


काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव(विशिष्ट श्रेणी) पदका एक वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव डा. दामोदर रेग्मीको नाम सिफारिस गरेको हो । डा. रेग्मी स्वास्थ्य तथा जनसंख्या मन्त्रायको प्रशासन महाशाखा प्रमुखमा कार्यरत छन् ।

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन(८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता(२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव डा. रेग्मीको नाम मात्रै सिफारिस भएको हो ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस डा. रेग्मीलाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस