काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले भोलिको प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएको छ ।
भोलि बजेट निर्णयार्थ प्रस्तुत हुने भएकाले बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए । उनले तटस्थ नरहन र बजेटको पक्षमा मतदान गर्न निर्देशन दिएका छन् ।
बजेटलाई लिएर काँग्रेसका सांसदहरूले चर्को आलोचना गरिरहेका छन् । एमालेले यसअघि नै सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्विप लगाइसकेको छ ।







