काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नेतृत्वको नीतिलाई सफल बनाउन सकेमा कर्मचारीहरू स्वयम् सफल हुने बताएका छन्। शुक्रवार(आज) प्रशासन विभागले आयोजना गरेको बिदाइ कार्यक्रममा बोल्दै उनले नेतृत्वको नीति सफल बनाउन महानगरका कर्मचारीहरूमा उच्च क्षमता रहेको र यसलाई कार्यान्वयनमा लैजानु पर्नेमा जोड दिए।
“नेतृत्वको नीति सफल बनाउँदा कर्मचारीहरू स्वतः सफल हुन्छन्। यो सोच राखेर काम गर्नुपर्छ,” परियारले भने। उनले चालु आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताउँदै यसलाई प्रभावकारी ढङ्गले लागू गर्न सकिएमा प्रगति निरन्तर बढ्दै जाने उल्लेख गरे।
परियारले आफ्नो कार्यकालका उपलब्धिहरू स्मरण गर्दै भने, “विगत ५ वर्षमा महानगरले सबैभन्दा धेरै पुँजीगत खर्च गरेको छ। एकीकृत सेवा प्रवाहका लागि एकल सेवा केन्द्र स्थापना गरिएको छ। विद्युतीय शासन प्रणालीलाई परिष्कृत गरिएको छ। यी सबै कामहरूलाई संस्थागत अभिलेखमा राखेर हस्तान्तरण गरेको छु।”
महानगर प्रमुख बालेन्द्र साह(बालेन)लाई ‘प्रमुख प्रशासकीय अधिकृतको प्रगति प्रतिवेदन’ हस्तान्तरण गर्दै परियारले आफ्नो ७ महिना २५ दिनको कार्यकालमा भएका महत्त्वपूर्ण कामहरूको विवरण प्रतिवेदनमा समावेश गरिएको जानकारी दिए। उनले उक्त प्रतिवेदन संस्थागत सुदृढीकरणमा नयाँ आयामको सुरुवातका लागि एक महत्त्वपूर्ण दस्ताबेजका रूपमा बुझाएका हुन्।
प्रतिवेदन ग्रहण गर्दै महानगर प्रमुख साहले परियारको कार्यकालको प्रशंसा गर्दै उनले महानगरका कर्मचारीहरूको काम गर्ने शैली र नेतृत्वको सुदृढीकरणमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरे। साहले परियारलाई मायाको चिनो प्रदान गर्दै उनका भविष्यका कार्यहरूको सफलताको कामना पनि गरे।
मन्त्रिपरिषद्को भदौ २७ गतेको निर्णयानुसार परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको थियो। भदौ ३० गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको पत्र पठाएको थियो।
सम्बन्धित समाचार : काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको सरुवा
२०८० माघ ३ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार राष्ट्रिय योजना आयोगबाट सरुवा भएर परियार माघ १० गते काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यभार सम्हालेका थिए।
सम्बन्धित समाचार : काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार
कार्यक्रममा प्रशासन विभागका प्रमुख नमराज ढकालले परियारको कार्यकालमा संस्थागत सुधारका लागि अर्गनाइजेसन एण्ड म्यानेजमेन्ट (ओएण्डएम) का लागि गहन काम भएको उल्लेख गरे। “परियारको नेतृत्वमा थालिएका सुधारका कामहरूलाई निरन्तरता दिइनेछ,” उनले भने, “विभागीय प्रमुखहरूसँग कार्य सम्पादन सम्झौता भइसकेको छ। अधिकार प्रत्यायोजन भइसकेको छ, अब विभागहरूलाई सहज रूपमा काम गर्न सजिलो हुनेछ।”
बिदाइ कार्यक्रममा विभिन्न विभागीय प्रमुखहरूले परियारको कार्यकाललाई स्मरणीय र सकारात्मक रहेको उल्लेख गर्दै उनको नेतृत्वमा भएका सुधारका कामहरूको प्रशंसा गरे।
सम्बन्धित समाचार : काठमाडौँ महानगरका नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत परियारद्वारा पद बहाली
सम्बन्धित समाचार : उत्साहित भएर काम गर्न महानगरका कर्मचारीलाई प्रशासकीय अधिकृत परियारको निर्देशन
सम्बन्धित समाचार : पोसाकको गरिमा बचाउन संवेदनशील हुन नगर प्रहरीलाई प्रमुख प्रशासकीय अधिकृत परियारको आग्रह
सम्बन्धित समाचार : पूर्वाधार निर्माणका क्रममा अन्य संरचनामा क्षति हुनु हुँदैन : प्रदीप परियार
सम्बन्धित समाचार : महानगरद्वारा ठमेलमा सरसफाइ
सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृत परियार र बेलायतको लिभरपुल सिटी काउन्सिलका प्रमुख कार्यकारीबीच भेट
सम्बन्धित समाचार : काठमाडौँ महानगरका कार्यकारीद्वारा आकस्मिक निरीक्षण
सम्बन्धित समाचार : काठमाडौँ महानगरपालिकाको खर्च गर्ने क्षमतामा उत्साहजनक वृद्धि, पाँच वर्ष यताकै सुधार
सम्बन्धित समाचार : काठमाडौँ महानगरले सजावटका लागि राखिने बत्ती व्यवस्थापन गर्न मार्ग निर्देशन तयार गर्ने
सम्बन्धित समाचार : विभागीय प्रमुखहरूसँग प्रमुख प्रशासकीय अधिकृत परियारको कार्य सम्पादन सम्झौता
सम्बन्धित समाचार : कल सेन्टरलाई थप प्रभावकारी बनाउन विभागलाई प्रमुख प्रशासकीय अधिकृत परियारको निर्देशन
सम्बन्धित समाचार : पुँजीगत खर्च बढ्नु र चालु खर्च घट्नु सकारात्मक सूचक हो -कामपा