काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले पद बहाली गरेका छन् । माघ ३ गतेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेका सहसचिव परियारले बुधवारदेखि काम सुरु गरेका हुन् ।
मेयर बालेन साहकै रोजाईमा सहसचिव परियार महानगरको प्रशासनिक कमाण्ड सम्हाल्न पुगेका हुन् । उनी राष्ट्रिय योजना आयोगमा कार्यरत थिए ।
सम्बन्धित समाचार : काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार
पद बहालीसँगै विभागीय प्रमुखहरूसँगको परिचयात्मक तथा सामूहिक ब्रिफिङका क्रममा प्रमुख प्रशासकीय अधिकृत परियारले कानुन बमोजिमको काम रोक्दै नरोक्ने र कानुन विपरीतको काम गर्दै नगर्ने बताएका छन् । गलत गर्ने र मेहेनत नगर्ने छुट नभएको भन्दै उनले स्थानीय तह जनताको नजिकको सरकार भएकोले जनताको धेरै आशा रहेको बताए ।

सामूहिक प्रयासबाट मात्रै महानगरले सफलता प्राप्त गर्न सक्ने भएकोले त्यसका लागि सबै पक्षबाट सहयोगको अपेक्षा गरेको पनि प्रमुख प्रशासकीय अधिकृत परियारको भनाई थियो ।
यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी कर्मचारी भर्नामा अनियमितता गरेको आरोपसँगै मेयर साहले कार्यालय प्रवेशमा रोक लगाएसँगै महानगरमा प्रमुख प्रशासकीय अधिकृत पद रिक्त रहेको थियो ।
सम्बन्धित समाचार : काठमाडौँ महानगरका तीन कर्मचारी निलम्बन, प्रशासकीय अधिकृतमाथि छानबिन गर्दै बालेन
सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृतप्रति बालेन क्रुद्ध, गृहमन्त्रीलाई फोन गरेर भने –‘तत्काल थुन्नुपर्यो’
सम्बन्धित समाचार : काठमाडौँका प्रमुख प्रशासकीय अधिकृतले मुख खोले : ‘झुक्काएर सही गराइयो, नखाएको विष लाग्यो’
सम्बन्धित समाचार : प्रमुख प्रशासकीय अधिकृत अधिकारीको कार्यकक्षमा महानगरले लगायो ताला
सम्बन्धित समाचार : काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृतको गाडी खोसियो