उत्साहित भएर काम गर्न महानगरका कर्मचारीलाई प्रशासकीय अधिकृत परियारको निर्देशन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उत्साहित भएर काम गर्न महानगरका कर्मचारीलाई प्रशासकीय अधिकृत परियारको निर्देशन


२२ फाल्गुन २०८०, मंगलबार


प्रदीप परियार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले प्राप्त जिम्मेवारीप्रति उत्साहित भएर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

अधिकृतस्तरका (छैटौँ, सातौँ र आठौँ तह) कर्मचारीहरूसँग छलफल गर्दै उनले सो निर्देशन दिएका हुन् ।

उनले भने, ‘यहाँहरूको सक्रियताले महानगरपालिकाले लक्षित कार्यक्रममा नतिजा प्राप्त गर्न सक्छ, महानगरपालिकाले लिएका नीति, योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा उत्साहित बन्नुहोस्, तपाईँहरूको प्रोत्साहनका लागि हामी काम गर्नेछौँ।’

स्वीकृत कार्यक्रम कार्यान्वयनमा अधिकृतस्तरका कर्मचारीहरूको प्रधान भूमिका हुने पनि उनले बताएका छन्।

छलफलमा उक्त योजनालाई प्राथमिकता भित्रका प्राथमिक कार्यक्रमका रूपमा कार्यान्वयनमा लैजाने, कार्यप्रणाली सुधार, सेवा प्रदायक र सेवाग्राहीको सम्बन्धलगायत विषय समेटिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस