राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन काँग्रेसको माग « प्रशासन
Logo २५ भाद्र २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सदनलाई जानकारी गराउन काँग्रेसको माग


४ असार २०८१, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे सरकारलाई जानकारी गराउन माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्राध्यक्ष र सरकार प्रमुखले विदेश भ्रमण गरेपछि संसद्लाई जानकारी गराउने परम्परा अन्त्य नगर्न ध्यानाकर्षण गराएका हुन्।

उनले भने, ‘अहिले राष्ट्रपति जर्मनको भ्रमणमा हुनुहुन्छ, केही समयअघि भारत भ्रमण सकेर स्वदेश फर्कनुभयो। उहाँ फर्किएपछि संसदको बैठक ६ पटक बसिसक्यो। तर, यी दुवै भ्रमणको बारेमा संसद्लाई जानकारी गराइएको छैन। राष्ट्राध्यक्ष र सरकार प्रमुखले गर्ने सन्दर्भमा संसद्लाई जानकारी गराउने परम्परा अन्त्य नगरियोस्।

उनले अपांग, वृद्धवृद्धाहरु घरघरमै राष्ट्रिय परिचयपत्र पाउने व्यवस्था गर्न गृहमन्त्रीलाई ध्यानाकर्षण गराए।

उनले भने, ‘साउन मसान्तसम्ममा मात्रै राष्ट्रिय परिचयपत्र दिने सूचना निकालेको छ। अहिले अपांग, वृद्धवृद्धाहरु सिडिओ कार्यालय पुग्नुभएको छ। गृह मन्त्रीलाई अनुरोध गर्छु समस्या भएकाहरूलाई घरघरमै परिचयपत्र दिने व्यवस्था गर्न माग गर्छु।’

Tags :
प्रतिक्रिया दिनुहोस