२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती विधेयकप्रति स्थानीय तहमा समायोजन भएका कर्मचारी असन्तुष्ट, संघर्ष समिति बनाउँदै

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभामा पेस भएको संघीय निजामती सेवा विधेयकप्रति स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूले असन्तुष्टि जनाएका छन् । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० विभेदकारी भएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन् ।

विधेयकले आफूहरूलाई नसमेटेको उनीहरूको भनाइ छ । संघीय निजामती सेवा ऐन २०४९ अनुसार संघबाट स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई विधेयकले नसमेटेको भन्दै उनीहरूले संशोधन हुनुपर्ने माग गरेका छन् ।

विधेयकमा रहेका विभेदकारी प्रावधानहरू संशोधन गराउन संघबाट स्थानीय तहमा समायोजन भएका कर्मचारीहरू केन्द्रीय संघर्ष समिति गठनको तयारीमा छन् । डडेल्धुराको नवदुर्गा गाउँपालिकाका प्राविधिक सहायक गुमान सिं जोराका अनुसार समिति गठनका लागि चैत १६ मा कर्मचारीहरू काठमाडौँमा उपस्थित हुने भएका छन् । विधेयकमा कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम संघबाट स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई नसमेटिएसँगै काठमाडौँमा भेला गर्ने र संघर्ष समिति बनाएर आफ्ना मागहरू सम्बोधन गराउने पहलमा कर्मचारीहरू जुटेका हुन् । 

समायोजन भएका कर्मचारीले आफ्नो सेवा समूह बाहेक अन्य सेवा समूहको काम गर्नुपर्ने बाध्यता रहेको जनाएका छन् । प्राविधिक कर्मचारीहरूलाई वडा सचिव बनाइएको र सिनियर कर्मचारीलाई जुनियर कर्मचारीको अन्डरमा राखिएको उनीहरूको गुनासो छ । आफ्ना माग सम्बोधनका लागि सम्बन्धित निकाय सबैलाई ज्ञापन पत्र बुझाउने र आवश्यक परे अदालतसम्म जाने कर्मचारीहरूको तयारी छ । 

त्यसो त समायोजन भएका कर्मचारीका सन्दर्भमा सर्वोच्च अदालतले २०७८ माघ १२ मा निर्देशनात्मक आदेश जारी गरेको थियो । न्यायाधीश आनन्दमोहन भट्टराई, न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नहकुल सुवेदीको पूर्ण इजलासले निर्देशनात्मक आदेश जारी गरेको हो । 

सम्बन्धी प्रदेशकै लागि भनी नियुक्त भएका कर्मचारीहरू बाहेक समायोजन भई गएका कर्मचारीहरूका हकमा संघीय निजामती सेवा ऐन बमोजिम माथिल्लो पदमा बढुवा हुनका लागि उम्मेदवार बन्न सक्ने अवधि पुरा गरेपछि जुनसुकै प्रादेशिक क्षेत्रमा सरुवा भई जान पाउने कानूनी व्यवस्था गर्ने, संघको पदमा समायोजन हुन इच्छुक कर्मचारीहरूलाई सरुवा भई संघको पदमा आउनै नसक्ने गरी पूर्णरुपमा निषेध गर्नु न्यायोचित नदेखिएको आदेशमा उल्लेख छ ।

हेर्नुस् सर्वोच्चको आदेश :

सम्बन्धित समाचार : अध्ययनकै क्रममा संघीय निजामती विधेयक, व्यापक छलफल र संशोधनको आवश्यकता 

सम्बन्धित समाचार : संघीय निजामती विधेयक संशोधनको माग गर्दै सामान्य प्रशासनमन्त्री र दलहरूलाई ज्ञापनपत्र