सन्दीप लामिछानेलाई जेलबाहिर बसेर मुद्दा लड्न उच्च अदालतको अनुमति « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सन्दीप लामिछानेलाई जेलबाहिर बसेर मुद्दा लड्न उच्च अदालतको अनुमति


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जेलबाहिरै बसेर मुद्दा लड्न पाउने भएका छन् ।

बिहीबार उच्च अदालत पाटनका रजिष्ट्रार मानबहादुर कार्कीले सन्दीपलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न अनुमति दिएको उच्च अदालतले जनाएको छ ।

बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

बिहीबार सन्दीपले उच्च अदालत पाटनमा जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध पुनरावेदन निवेदन र जेलबाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न पाउँ भनी अर्को निवेदन दिएका थिए ।

सन्दीपलाई काठमाडौँ जिल्ला अदालतले तोकेको ८ वर्ष कैद सजायमध्ये ३ महिना ८ दिन उनी यसअघि मुद्दाको पुर्पक्षका लागि नै जेलमा बसिसकेका छन् ।

सम्बन्धित समाचार : सन्दीप लामिछानेलाई तोकियो आठ वर्ष कैद सजाय

सम्बन्धित समाचार : जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन गर्ने सन्दीपको तयारी

सम्बन्धित समाचार : सन्दीप लामिछानेले दिए जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन

सम्बन्धित समाचार : सन्दीपले उच्च अदालतमा दिएको पुनरावेदनमा तोकियो पहिलो तारिख

Tags :
प्रतिक्रिया दिनुहोस