सन्दीप लामिछानेले दिए जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सन्दीप लामिछानेले दिए जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पुगेका छन् ।
बलात्कार मुद्दामा जिल्ला अदालतको फैसला बदरको माग गर्दै बिहीबार उच्च अदालत पाटनमा पुनरावेदन दिएका हुन् ।

कानुन व्यवसायीका साथ सन्दीप आफैँ उच्च अदालत पुगेका हुन् ।

काठमाडौँ जिल्ला अदालतले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा ८ वर्ष जेल सजायको फैसला गरेको थियो ।

सम्बन्धित समाचार : सन्दीप लामिछानेलाई तोकियो आठ वर्ष कैद सजाय

सम्बन्धित समाचार : जिल्ला अदालतको फैसलाविरुद्ध उच्चमा पुनरावेदन गर्ने सन्दीपको तयारी

Tags :
प्रतिक्रिया दिनुहोस