बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरी रिहा « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरी रिहा


२४ माघ २०८०, बुधबार


काठमाडौँ । अरुणकुमार चौधरीसहित ३ जना हाजिर जमानीमा रिहा भएका छन् ।

बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका उनीहरूलाई आज रिहा भएका हुन् ।

जिल्ला अदालत, काठमाडौँका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश गरेपछि प्रहरीले तीन जनालाई छाडेको हो ।

सीआईबीले बाँसबारी छाला-जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा चौधरीसहित ३ जनालाई १८ माघमा पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार : बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसँग बयान सुरु, नियम विपरीत भए जग्गा फिर्ता गर्ने 

सम्बन्धित समाचार : बाँसबारी छाला उद्योगको शेयर अरुण चौधरीले ३६ लाखमा किनेको देखियो : सीआईबी

सम्बन्धित समाचार : अरुण चौधरीलाई पक्राउ गर्नुले हाम्रो मानमर्दन भयो : उद्योगी व्यवसायी

सम्बन्धित समाचार : उद्योगी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : व्यवसायी अरुण चौधरीलाई हिरासतमा राख्ने अनुमति लिन अदालत लैजाने तयारी

सम्बन्धित समाचार : बाँसबारी जग्गा प्रकरण : सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर पक्राउ

सम्बन्धित समाचार : अरुण चौधरीपछि तत्कालीन कार्यकारी प्रमुख थापा पनि पक्राउ

सम्बन्धित समाचार : सरकारी जग्गा हडप्ने अरुण चौधरी पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस