अरुण चौधरीलाई पक्राउ गर्नुले हाम्रो मानमर्दन भयो : उद्योगी व्यवसायी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

अरुण चौधरीलाई पक्राउ गर्नुले हाम्रो मानमर्दन भयो : उद्योगी व्यवसायी


१८ माघ २०८०, बिहिबार


काठमाडौँ । उद्योगी व्यवसायीहरूले अरुण चौधरीलाई दोषी जसरी पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् । यस किसिमको पक्राउले उद्योगी व्यवसायीहरूको मानमर्दन हुने उनीहरूको जिकिर छ ।

उद्योगी चौधरीलाई पक्राउ गरिएको विरोधमा निजी क्षेत्रले बिहीबार राजधानीमा पत्रकार सम्मेलनसमेत गरेको छ । पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगीलाई धरपकड गर्नु राम्रो नभएको बताए ।

उनले भने, ‘लगानी सम्मेलनको तयारी भएको बेला अरुण चौधरी पक्राउ गर्नु राम्रो भएन । उनी भाग्ने मान्छे होइनन् । तर, दोषी नै भए जसरी पक्राउ गर्नुपर्ने थिएन ।’

देशको पुँजी निर्माणमा ७७ प्रतिशत योगदान निजी क्षेत्रको रहेको उनको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस