बाँसबारी छाला उद्योगको शेयर अरुण चौधरीले ३६ लाखमा किनेको देखियो : सीआईबी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बाँसबारी छाला उद्योगको शेयर अरुण चौधरीले ३६ लाखमा किनेको देखियो : सीआईबी


१९ माघ २०८०, शुक्रबार


काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगको २५ प्रतिशत शेयर अरुण चौधरीले खरिद गरेको जनाएको छ ।

सीआईबीका अनुसार २०५२ सालमा च्याम्पियन फुटवेयरको २५ प्रतिशत शेयर अरुणले किनेपछि २०५४ पुस ४ गते प्राइभेट कम्पनीमा लगिएको थियो ।

बाँसबारी छाला उद्योगले दिएको १० रोपनी जग्गामा सञ्चालन हुने भनिएको च्याम्पियन फुटवेयरमा प्रारम्भिकरूपमा चौधरी समूहको ५१ प्रतिशत, बाँसबारी छाला उद्योगको २५ प्रतिशत र २४ प्रतिशत शेयर सर्वसाधारणको रहने भनिएको थियो ।

सबारी छाला उद्योगले आफ्नो नाममा रहेको १८ रोपनी ३ आना २ पैसा जग्गामध्ये १० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई दिएको थियो । प्रति रोपनी २ लाख ५० हजारको दरले बाँसबारी छाला उद्योगले कुल २६ लाख लगानी गरेको देखिएको र च्याम्पियन फुटवेयरको चुक्ता पुँजी ५० लाखमात्र देखिएको सीआईबीको दाबी छ ।

२५ प्रतिशत शेयरको मूल्य साढे १२ लाख रूपैयाँमात्र पर्ने भएपनि बाँसबारीले २६ लाख रुपैयाँ मूल्य बराबरको १० रोपनी जग्गा दिएको सीआईबीको भनाइ छ ।

सम्बन्धित समाचार : अरुण चौधरी र अजितमानसिंह थापालाई थप चेकजाँचका लागि ग्राण्डी अस्पताल लगियो

सम्बन्धित समाचार : उद्योगी अरुण चौधरीलाई ४ दिन हिरासतमा राख्न अनुमति

सम्बन्धित समाचार : व्यवसायी अरुण चौधरीलाई हिरासतमा राख्ने अनुमति लिन अदालत लैजाने तयारी

सम्बन्धित समाचार : बाँसबारी जग्गा प्रकरण : सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर पक्राउ

सम्बन्धित समाचार : अरुण चौधरीपछि तत्कालीन कार्यकारी प्रमुख थापा पनि पक्राउ

सम्बन्धित समाचार : सरकारी जग्गा हडप्ने अरुण चौधरी पक्राउ

Tags :
प्रतिक्रिया दिनुहोस